बैशाख २३, २०८१ आईतबार

चाडवाडमा चोरीको जोखिम, सचेत बनौं

सम्पादकीय

झापाको अर्जुनधारामा यहि हप्ता एउटा घरमा छतमातिबाट प्रवेश गरेर एक युवाहरुले मोवाइल चोरी गरे । विहान ३ बजेतिर छतबाट प्रवेश गरेर मोवाइल चोरी गरेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक नै भयो । यो एउटा प्रतिनिधि घटना हो । अर्जुनधारामा मात्र होइन, जिल्लाभर चोरीको विगविगी छ । रातमा मात्र होयन दिउँसै चोरीका घटना भइरहेका छन् । मोवाइल मात्र होइन, मोटरसाइकल, धातजन्य वस्तु, ग्यासका सिलिण्डरदेखि टिभीसम्म चोरी हुने गरेको छ । खासगरी लागुऔषधमा लागेका युवाहरु यस प्रकारको चोरीका घटनामा संलग्न भएको पाइन्छ ।

लागुऔषध दुव्र्यशनका कारण चोरीजन्य घटना भइरहेको प्रहरीको प्रतिक्रिया छ । घर, पसलमा मात्र होइन सडकमा रहेका सार्वजनिक संरचनाका फलामहरु समेत चोरी हुने गरेको छ । संविधान दिवसका दिन बिर्तामोडको मुक्ति चोकमा फलामको डण्डामा राखिएको राष्ट्रिय झण्डा चोरी भयो । झण्डा भन्दा पनि फलाम विक्री गर्न चोरी भएको हुनुपर्छ । गाउँघर वा बजार सबै क्षेत्रमा चोरीको विगविगी छ । चोरीजन्य घटना नियन्त्रणका लागि समुदायको पहल खासै छैन । प्रहरी एक्लैको प्रयासबाट पनि रोक्न सकेको पाइदैन ।

अब, चाडवाड सुरु भइसकेको छ । चाडवाडमा झनै चोरीको जोखिम हुन्छ । चाडवाडको समयमा चोरीजन्य घटना नियन्त्रणका लागि सर्वप्रथम घरायसी सुरक्षा मजवुद बनाउनुपर्छ । घरमा चोरी गर्नेहरुका लागि सजिलो बनाइदिन हुदैन । बन्द गर्नुपर्ने झ्याल, ढोकाहरु बलियोसँग बन्द गर्नुपर्छ । घर छोडेर हिडेको सूचना हुने गरी सामाजिक सञ्जालमाहरुमा स्टाटस लेख्ने, फोटो अपलोड गर्नु राम्रो होइन । यसैले घरमा चोरी हुन नदिन आफै पनि सचेत र सतर्क हुन आवश्यक छ । सकेसम्म सीसी क्यामेरा जडान गर्नुपर्छ । सीसी क्यामेरासँगै मान्छेहरु प्रवेश गरेको घण्टी बज्ने प्रविधि राख्नुपर्छ । चाडवाडमा विशेष सतर्कता अपनाए मात्रै चोरीजन्य घटना रोकिनेछ । अन्यथा, पछुताउनुपर्नेछ । सबैले ख्याल गरौं । चोरी नियन्त्रणका लागि समुदाय नै एक भई प्रयास गर्नुपर्छ ।

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]