जेष्ठ ३२, २०८२ शनिबार

बिर्तामोडमा वडा स्तरीय फुटबल सुरु

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा डोमालाल राजवंशी रंगशालामा सुरु प्रतियोगिताको नगरप्रमुख पवित्रा महतारा प्रसाईले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेकी छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरिन् । यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले डोमालाल राजवंशी रंगशालालाई झापाको गौरवपुर्ण रंगशालाको रुपमा विकास गर्न मास्टर प्लान बनाएर अघि बढ्ने बताए ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेस बिर्तामोड सभापति भोजराज सिटौला र झापा एफसी अध्यक्ष जलकुमार गुरुंगले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका निबर्तमान नगरप्रमुख धु्रवकुमार शिवाकोटी, वडाअध्यक्षहरु किशोर पौडेल, मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाई, सुर्यप्रसाद कन्दङवा, अविरल कृष्ण खरेल लगायत विभिन्न पार्टी तथा संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाईनल खेल कात्तिक २ गते हुने छ ।

प्रकाशित मिति : आश्विन २३, २०८० मंगलबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]