बैशाख २३, २०८१ आईतबार

भद्रपुरमा राजयोग सम्बन्धी प्रशिक्षण

भद्रपुर । अहिले मानिसहरुको जीवनशैली निकै अस्त–व्यस्त भएको देखिन्छ । विभिन्न कारणले मानिसहरु तनावका बीच आफ्नो दैनिकी चलाइरहेका छन् । आर्थिक, घरायसी र व्यावहारिक कारणहरुले मानिसमा तनावको स्थिति छ । यो अवस्थाले कुनै एक परिवार मात्र होइन, सिंगो समाज नै प्रभावित भइरहेको छ ।

यो अवस्थाको निराकरणका विभिन्न किसिमबाट प्रयासहरु पनि भइरहेको पाइन्छ । विभिन्न संघ-संस्थाहरुले योग, ध्यान, प्रशिक्षणहरुका माध्यमबाट मानिसको तनाव न्यूनीकरण गर्ने प्रयास गर्दै आइरहेका छन् ।

यसैक्रममा, झापाको भद्रपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र चन्द्रगढीको आयोजना र भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा मञ्च र भद्रपुर मारवाडी महिला मञ्चको संयुक्त व्यवस्थापनमा एकदिने ‘सकारात्मक सोचद्वारा तनावमुक्त जीवनका लागि राजयोगको महत्व’ विषयक प्रवचनात्मक प्रशिक्षण कार्यक्रम गरिएको छ ।

विभिन्न क्षेत्रको प्रतिनिधिमूलक सहभागितामा भद्रपुरको सिटी गार्डनमा केन्द्रकी शोभा दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ राजयोग प्रशिक्षक विजयराज सिग्देलले रोजयोगद्वारा तनावमुक्त जीवन जिउने कला र अभ्यासहरुका बारे प्रशिक्षण दिएका थिए । उनले अत्याधुनिक प्रविधिको विकास र आधुनिक जीवनशैलीले मानिस रोबोटजस्तो भइसकेको भन्दै स्वस्थ जीवनका लागि योग र व्यायामको महत्व बढ्दै गएको बताए । उनले ायेगका विधि र प्रक्रियाहरुका बारे जानकारी गराएका थिए ।

केन्द्रकी शान्ति दिदीले स्वागत गरेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिका रुपमा भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवालाले गरेका थिए ।

प्रकाशित मिति : आश्विन २३, २०८० मंगलबार  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]