चैत्र १६, २०८० शुक्रबार

सम्पादकीय : नेपाली भान्साको विजोग

नेपाली साह्रै मिठ्ठासे नागरिक हुन् । विकसित राष्ट्रमा उसिनेर खाने प्रचलन बढ्दो छ । तर, यहाँ नेपालमा मसलाका परिकार–परिकार प्रयोग गरेर मिठ्ठासे बन्ने गरेको पाइन्छ । हरेक परिकारमा फरक–फरक मसला प्रयोग गर्नुपर्ने सिकाई हामीमा छ । नेपाली भान्सामा खानपिन गर्न जाँगर त लाग्छ । तर, भान्सालाई चाहिने आवश्यक सामग्री उत्पादनमा जाँगर छैन । हरेक नागरिक परनिर्भर बन्ने स्थिति बढेर गएको छ । यसको पछिल्लो उदाहरण प्याजलाई हेरौं । आफ्नो उत्पादन नहुँदा भारतले ढाड सेकेको छ । यदि नेपाली उत्पादन थियो भने यति महंगी सहनुपर्ने थिएन ।

बिर्तामोडको कृषिथोक बजारमा रहेको कृषि बजार व्यवस्थापन समितिको तथ्याङकमा ५२ प्रकारका सामग्री बजारभित्र आउने गरेको देखियो । त्यसमा ४० प्रकारका सामग्री भारतबाट आइरहेको तथ्याङकले देखाएको छ । तरकारी, फलफुल, मसला र माछामासुमा अझै भारतको भरमा चलिरहेको छ । यदि भारत नेपालीसँग अनुदार बन्यो भने नेपाली भान्साको विजोग नै बन्ने निश्चित छ । यो अवस्था आउन नदिन सबै नेपाली नागरिकले संभव भएसम्म आत्मनिर्भर बन्ने बाटो राज्नैपर्छ । सबै उत्पादनसँग जोडिएमा मात्रै समृद्धि नेपाल, सुखी नेपाली आउनेछ ।

समृद्ध नेपाल, सुखी नेपाली सरकारको राष्ट्रिय अभियान हो । समृद्ध नेपालका लागि हरेक नेपाली नागरिकले योगदान गर्ने समय आएको छ । इतिहासमै पहिलो पटक बनेको शक्तिशाली सरकारको महाअभियानमा आम नागरिकको योगदान भए राष्ट्रिय अभियान सफल हुने थियो । तर, सरकार भनेको प्रधानमन्त्री, मन्त्रीले मात्रै समृद्धि ल्याउने भन्ने बुझाई हुनु गलत छ । समृद्धिको उपभोग जनताले गर्ने हो । कार्यक्रम सरकारले बनाए पनि यसको सफलताको लागि जनताकै भूमिका महत्वपूर्ण हुन्छ । यस तर्फ सबैको ध्यान जानुपर्ने हो । देश समृद्ध बन्दा हरेक नागरिकको जीवनमा सकारात्मक परिवर्तन अवश्य आउनेछ ।

प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]