बैशाख २३, २०८१ आईतबार

डाक्टरले विरामीलाई दुख नदिऊन्

सम्पादकीय
अहिले मौसम परिर्वनको समय छ । मौसम परिर्वन भइरहेको कारण हरेक परिवारमा ज्वरो, रुघा, खोकी लगायतका स्वास्थ्य समस्या देखिन थालेका छन् । यस प्रकारका समस्याहरु नियमित नै हुनछन् । तर, मौसम परिर्वनको बेला सबैलाई लगभग समस्या देखिन्छ । सामाजिक सञ्जालमा जिउ कटकट खाने, टाउको दुख्ने , खोकी लाग्ने, हिडडुल गर्नै नसक्ने र कमजोर अनुभव हुने लेखेको देख्न पाइन्छ । स्वास्थ्य समस्या भएपछि उपचारका लागि राम्रो अस्पताल, डाक्टरको खोजी हुन्छ । स्वभाविक रुपमा आफ्नो स्वास्थ्यप्रति सचेत भइन्छ नै ।

पछिल्लो समय सबै विरामीहरुको गुनासो भनेको डाक्टरसँग छ । डाक्टरसँगै उपचार सेवा लिनुपर्ने बाध्यता छ । त्यसको मतलव उपचार सेवा दिनेहरुको कमजोरी औल्याउनै नमिल्ने भन्ने हौइन । पहिलो कुरा अलिे स्वास्थ्य बीमा सञ्चालनमा छ । सरकारले गरिव, विपन्न सबैका लागि स्वास्थ्यमा पहुँच पुगोस् भन्ने हेतुले बीमा सेवा सुरु भएको हो । तर, बीमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । विरामीलाई साह्रै दुख छ । डाक्टर राम्रोसँग जाँच नगर्ने, सल्लाह नदिने समस्या त छदैछ । अब यसलाई सुधार गरेर सरकारको बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ ।

सरकारी स्वास्थ्य संस्थाभित्रको वेतिथी सबैलाई थाहा छ । यतिसम्म, नागरिकलाई सरकारी स्वास्थ्य संस्थाप्रति विश्वास नै हुन सकिरहेको छैन । तथापि, पछिल्लो समय कतिपय सरकारी स्वास्थ्य संस्थाहरुले आशा जगाएका छन् । निजीको कुरा गर्ने हो भने डाक्टरको काम औषधि कम्पनीको प्रतिनिधि जस्तो व्यवहार छ । एउटा समस्यामा पनि फरक डाक्टरले अलग–अलग औषधि लेखिदिन्छन् । औषधि आधा सकिएको छैन, नयाँ औषधि खरिद गर्न लगाइन्छ । एउटा डाक्टरले लेखेको औषधि अर्को डाक्टरले स्वीकार गर्दैन । यस प्रकारका व्यवहारले नागरिकहरुले असाध्यै दुख पाइरहेका छन् । डाक्टरले विरामीलाई सहज हुने गरी सेवा दिनसक्नुपर्छ । औषधि कम्पनीको फाइदालाई हेरेर विरामी जाँच गर्ने काम गर्न हुदैन । यस बारे स्वास्थ्य संस्था, चिकित्सक, सरोकारवाला सबैको ध्यान जाओस् ।

प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]