जेष्ठ ४, २०८१ शुक्रबार

कोशीले आज नयाँ मुख्यमन्त्री पाउदैं

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएपछि आज नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार आज प्रदेशले नयाँ मुख्यमनत्री पाउने छ ।
बिहीबार प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले दाबी पेस गरेका छन् ।

आङ्बोले माओवादीसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी संसदीय दलका नेताको हस्ताक्षरमा आफूलाई ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
यता, कार्कीले भने ४८ जना सांसदको छुट्टाछुट्टै हस्ताक्षरसहित दाबी पेस गरेका छन् । उनलाई एमालेका ३९ जना सांसदको सर्मथन छ ।

कार्कीलाई मुख्यमन्त्री बनाउन कार्कीसहित कांग्रेसबाट उदयपुरका सांसद रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीकी सुनीता गुरुङ र उदयपुरकी लीलाकुमारी राईले सुरुमा हस्ताक्षर गरेका थिए । तर, अन्तिम समयमा संसदीय दलका उपनेतासमेत रहेका देउवा पक्षधर हिमाल कार्कीले हस्ताक्षर गरे । उनी उदयपुरका हुन् ।

मुख्यमन्त्रीमा दुई जनाको दाबी र गठबन्धनका आङबोको दाबीविरुद्ध केदार कार्कीसहितका कांग्रेसका प्रदेशसभा सदस्यरुले कोशी प्रदेशका प्रदेश प्रमुख समक्ष सशरीर उपस्थित भएर आफूहरुले दोहोरो हस्ताक्षर नगरेको बताएका छन् । उनीहरुले आफैं उपस्थित भएर हस्ताक्षर बुझाँउदै आफुहरुले अरु कसैलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका हुन् । उनीहरुले अरु कसैले आफ्नो हस्ताक्षर पेश गरेको भए त्यो झुटो भएको समेत बताएपछि प्रदेश प्रमुखको कार्यालय अन्योलमा परेको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले आज ५ बजेसम्म नियुक्त गर्ने समय रहेको जानकारी दिए । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ । कोशीमा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक सांसद छन् ।

प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]