जेष्ठ ४, २०८१ शुक्रबार

निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिले आज आयोजना गरेको अन्तर्किया कार्यक्रममा उहाँले समानुपातिक र प्रत्यक्षको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुन नसक्ने भन्दै यसले अस्थिर सरकार बन्ने स्थिति सिर्जना गरेको बताउनुभयो ।

उपाध्यक्ष पोखरेलले अस्थिर सरकारका कारण मुलुकमा समृद्धि हासिल नहुने विचार व्यक्त गर्नुभयो । उहाँले सत्ता स्वार्थमा गठबन्धन हुने, आर्थिक विकास, सामाजिक सन्तुलनलगायत क्षेत्रमा राजनीतिक दल गम्भीर नहुँदा जनतामा निराशा उत्पन्न भएको बताउनुभयो । एमाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको उहाँले स्पष्ट गर्नुभयो ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सत्ता राजनीतिमा प्रयोग गरिएको अदालतको परमादेश अहिले सत्ता पक्षलाई नै चुनौतीपूर्ण भएको धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार  ५ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]