चैत्र ६, २०८० मंगलबार

पूर्व शिक्षकद्धारा वडालाई २४ लाखको जग्गा

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–४ को वडा कार्यालयलाई २४ लाख मूल्य बराबरको ४ कट्ठा जग्गा निःशुल्क प्राप्त भएको छ ।
वडा कार्यालयको भवन निर्माणका लागि बिर्तामोड–१ निवासी दाता लक्ष्मण बस्नेतले २४ लाख बराबरको मूल्य चलनचल्तीमा पर्ने ४ कट्ठा जमिन उपलब्ध गराएको वडाअध्यक्ष दुर्गा प्रसाद दाहालले जानकारी दिएका छन् ।


सो जग्गा अर्जुनधरा नगरपालिका वडा–४ को कार्यालय भवन निर्माणका लागि उपयोग गर्ने बताइएको छ । वडा–४ स्थित हुमागाई टोलमा किता नं–४ सय ४७ को २ बिघा १६ कठ्ठा जग्गा मध्ये ४ कठ्ठा जग्गा बस्नेतले निःशुल्क रूपमा दिएका हुन् ।


वडा कार्यालयलाई आवश्यक पर्ने विषयगत कार्यालयसहितको सुविधासम्पन्न भवन बनाउन प्राप्त जग्गा व्यवस्थित गर्ने कार्य भइरहेको वडाध्यक्ष दाहालले बताए । जग्गा जनताको सेवा प्रदान गर्न सहज होस् भनेर वडा कार्यालयका नाममा नामसारी गरिदिएको प्रमाणपत्र नगर प्रतिनिधि खगेन्द्र लिङदेनलाई बुझाइएको उनका छोरा राम बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार  १२ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]