बैशाख २३, २०८१ आईतबार

दुग्ध किसानलाई विचल्ली नबनाऊ

सम्पादकीय

चाडवाडको लगभग किनमेल सुरु भइसकेको छ । बजारमा सर्वसाधरणहरु किनमेलका लागि दौडधुप सुरु गरिसकेका छन् । हिन्दु धर्मालम्बीहरुको महान पर्व बडादशै नजिक आइसकेको छ । यो बेला सबैलाई खर्चको जोहो गरेर किनमेल गर्दै भव्य रुपमा हर्षोल्लासका साथ दशैं मनाउनु छ । तर, झापाका दुग्ध किसानहरुका लागि यो वर्षको दशै सोच जस्तो आउन सकिरहेको छैन । दुध वेचेको पैसा नपाएपछि किसानहरु दशैं कसरी टार्ने भन्ने चिन्तामा छन् । कुनै पनि हालतमा किसानलाई विचल्ली बनाउन पाइदैन । उनीहरुको पैसा उपलब्ध गराउनैपर्छ ।

भर्खरै प्रतिनिधिसभामा सांसद एलपी साँवा लिम्बुले दुग्ध किसानको दुध विक्री वापतको रकम नपाएको भन्दै सरकारको ध्यानाकर्षण नै गराएका छन् । साढे ६ लाख लिटर दुधको भुक्तानी दिन बाँकी रहेको किसानहरुको गुनासो छ । दुग्ध विकास संस्था विराटनगरले किसानको रकम रोकेर अन्याय गरेको छ । किसानलाई तत्काल उक्त रकम भुक्तानी गरेर चाडवाडमा विचल्ली हुनबाट जोगाउन जरुरी छ । किसानहरुले विभिन्न डेरीलाई दुध विक्री गरेका थिए । डेरीले दुग्ध विकास संस्थालाई दिए । डेरीहरुले संस्थाबाट भुक्तानी पाइरहेका छैनन् ।

नेपाली किसान सधैं दुख भोग्न बाध्य हुनुपरेको छ । त्यसको मुख्य कारण भनेको राज्यको नीति नै बेठिक भएर होे । किसानमैत्री नीति नहुँदा सबै किसिमका किसान समस्या भोगिरहेका छन् । अहिले झापाका सयौं किसान दुध विक्री गरेर पनि भुक्तानी नपाउने अवस्थामा पुगे । उनीहरुको श्रमको मुल्य उपलब्ध गराउने दायित्व सरकारको हो । सरकारले यस तर्फ ध्यान दिनैपर्छ । सरकारले झापाका मात्र होइन, प्रदेशका विभिन्न जिल्लाका किसानले दुधको मुल्य पाउन सकेका छैनन् । दुध बेचेरै जीवन निर्वाह गर्ने किसानमाथि चाडवाडाको मुखमा पीडा दिने काम नगरौं । उनीहरुलाई दिनैपर्ने भुक्तानी दशैं मनाउन हुने गरी उपलब्ध गराइदिऊ । त्यस तर्फ सरोकारवालाहरुको समेत ध्यानाकर्षण होस् ।

प्रकाशित मिति : आश्विन २८, २०८० आईतबार  ३ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]