बैशाख २१, २०८१ शुक्रबार

बिर्तामोडमा नयाँ बुधबारे बजार बिएण्डसी छेऊमा

बिर्तामोड । झापाको बिर्तामोडमा ‘बुधबारे बजार’ सञ्चालनमा आएको छ । पूर्व–पश्चिम राजमार्ग छेउ, बिएण्डसी हस्पिटलको अगाडि बजार निर्माण गरी बुधबारे बजार सञ्चालनमा ल्याईएको हो ।

उक्त बजारको बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईँ र उद्योग वाणिज्य संघका महासचिब अर्जुन मैनालीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

स्थानीय व्यवसायी दुर्गा थपलियाको २ कठ्ठा जमिनमा बजार निर्माण गरिएको हो । ४४ वटा सटर रहेको सो बजारमा दैनिक उपभोग्य सामग्री, कपडा, जुत्ता चप्पल, खाद्यान्न, कस्मेटिक्स लगायतका सामग्री उपलब्ध छ ।

थपलियाले प्रत्येक व्यवसायीसँग १ लाख रुपैयाँ धरौटीको रुपमा लिएर अपुग रकम थप गरी बजार निर्माण गरेको जानकारी दिए । बजार निर्माणका लागि ६५ लाख रुपैयाँ लागत परेको जनाईएको छ ।

प्रकाशित मिति : आश्विन ३०, २०८० मंगलबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]