बैशाख २७, २०८२ शनिबार

झिलझिले भेट्रान क्लबद्वारा नविन राई स्मृति कपको आय व्यय सार्वजनिक

शिवसताक्षी । झापाको झिलझिलेमा रहेको झिलझिले भेट्रान क्लबले नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ ।
क्लबले गएको चैत १५ देखि २२ गतेसम्म झापाको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।

 


प्रतियोगितामा ९ लाख २५ हजार आम्दानी भएको आयोजक झिलभिलले भेट्रान क्लबले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाबाट १ लाख ४९ हजार ९८६, टुवर्क वियर प्रा.लि.बाट सहयोग १६ हजार ५ सय, वैदेशि रोजगार तथा स्वदेश र स्थानीय संघ संस्थाबाट ७ लाख ५८ हजार ५३२ रहेको प्रतियोगिताका आर्थिक संयोजक सन्तोष थेगिमले जानकारी दिए । त्यस्तै प्रतियोगितामा ७ लाख ६१ हजार १८० खर्च भएको संयोजक थेगिमले जानकारी दिए ।

प्रतियोगिताबाट बचत भएको १ लाख ६३ हजार ८२० रकमबाट स्व. नविन राईको सम्झनामा झिलझिले भेट्रान क्लबले पर्यटकीय स्थल सताक्षीधाममा धारा निर्माणका लागि २५ हजार प्रदान गर्ने खेल आयोजक समितिका संयोजक जसु राईले जानकारी दिए । नविन राई स्मृति भेट्रान प्रतियोगितामा चलाइएको शंखर कार्की बचाउ अभियानमा संकलित रकममा झिलझिले भेट्रान क्लबले ३ हजार ६३५ रकम थप गरी त्यस्तै शिवसताक्षी ११ का मृगौला पीडित भाई शंकर कार्कीलाई २५ हजार प्रदान गरिने क्लबले जनाएको छ । जसबाट बाँकी रहेको रकम झिलझिले भेट्रान क्लबको कोषमा रहने समेत बताइएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०८१ शुक्रबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]