बैशाख २२, २०८१ शनिबार

मेचीनगरमा अब मोवाइल शौचालयको सेवा

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अब मोबाईल शौचालय (ट्याक्टरमा जडित) को सेवा उपलब्ध हुने भएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना गन्तर्गत नगरपालिकाले ट्याक्टरमा जडित मोबाईल शौचालय प्राप्त गरेसंगै मेचीनगरबासीले यो सुविधा प्राप्ग गर्ने भएका हुन् ।

नेपालको खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना व्यवस्थापन कार्यालयबाट मेचीनगर नगरपालिकाको प्रयोजनका लागि मोबाईल शौचालय तथा ट्याक्टर सेट (ट्याक्टरमा जडित) प्राप्त भई आज उक्त सामाग्री मेचीनगर कार्यालय आइपुगेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सचिवालयले जनाएको छ ।

पछिल्लो समय बढ्दो शहरीकरण र सवारी साधानलगायतको अत्याधिक चाप तथा १ लाख ३३ हजार ७६ जनसंख्या रहेको नगरपालिकामा यो सामाग्री अपरिहार्य थियो ।

प्रकाशित मिति : आश्विन ३०, २०८० मंगलबार  ५ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]