बैशाख २२, २०८१ शनिबार

शिवगञ्जमा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिवसताक्षी ६ को शिवगञ्ज बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख नरमाया कार्कीको अनुगमन टोलीले पेय पदार्थ (कोक, फेन्टा, जुस) लगायतका म्याद गुज्रिएका खाद्य पदार्थहरु फेला पारेको हो । अनुगमन टोली कुरमुरे पापड, टोष्ट लगायत खाद्य पदार्थ पनि म्याद गुज्रिएको फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

म्याद गुज्रिएका पेय पदार्थ वोतलमा प्वाल पारेर डिस्पोजल गरिएको उपप्रमुख नरमाया कार्कीले बताइन् । उनका अनुसार अहिलेसम्मकै धेरै शिवगञ्ज बजारमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको हो । नगरको टोलीले फेला पारेका पेयपदार्थहरुको सिल नतोडी बोतलमा प्वाल पारेर फालिएको छ । उपप्रमुख कार्कीले भनिन्ः व्यापारीहरु उक्त शिल्ड नतोडिएका पेय पदार्थका खाली बोतल डिलरसँग साट्न सक्ने छन् ।

पेय पदार्थ बाहेकका अन्य म्याद गुज्रिएका खाद्य पदार्थ भने, नगरपालिकाले जफत गरेर ल्याएको छ । नगरपालिकाले उक्त सामग्रीहरु डिस्पोजल गर्ने जनाएको छ । अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता तथा नविकरण नगरिएको पाइएको राजश्व प्रमुख बद्री दाहालले जानकारी दिए । उनले भने, हामीले यही मंसिर महिना भित्रमा दर्ता तथा नविकरण गर्न सुझाए छौ । त्यस्ता पसलहरुको लगत समेत संकलन गरिएको उनले बताए ।
शिवसताक्षी नगरपालिकाले उपभोक्ताहरुले बजारमा समान खरिद गर्दा अनिवार्य रुपमा उत्पादन मिति र म्याद सकिने मिति हेरेर मात्र खरिद आग्रह गरेको छ ।

प्रकाशित मिति : आश्विन ३०, २०८० मंगलबार  ६ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]