बैशाख २१, २०८१ शुक्रबार

कोशीमा एमालेसहित गठबन्धनका चार दलले कार्कीलाई विश्वासको मत दिने

विराटनगर । नेपाली कांग्रेसबाट विद्रोह गरी कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीको पक्षमा पाँच दलले विश्वासको मत दिने भएका छन् ।

नेकपा एमाले ३९, कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी पार्टी ४ र जनता समाजवादी १ सहित ८६ सांसदको मत कार्कीलाई मुख्यमन्त्री बनाउने पक्षमा मत दिने भएका हुन् ।
६ सांसद रहेको राप्रपा भने विपक्षमा उभिएको छ ।

शनिबार एमालेका ३९ र कांग्रेसको ८ सांसदसहित ४७ जनाको समर्थन लिएर कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

उहाँले बुधबार कोशी प्रदेश सभामा विश्वासको मत मागेका थिए । उनको पक्षमा गठबन्धनले मत दिने बुधबार नै निर्णय गरेको हो ।

प्रकाशित मिति : कार्तिक १, २०८० बुधबार  ४ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]