जेष्ठ ५, २०८१ शनिबार

सबैको परिवारमा दशैंले सुख र समृद्ध ल्याओस् : ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको अवसरमा सबै नेपालीहरुलाई सुख र समृद्ध प्राप्त होस् भन्दै शुभकामना दिएका छन् । अध्यक्ष ओलीले चाडवाडले सबै परिवारमा खुशी र स्नेह प्रदान गर्ने धारणा राखे ।

विगत वर्ष झैं बडादशैं, तिहार, छठ पर्वको अवसरमा अध्यक्ष ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बडादशैंले सबैको परिवारको व्यवहार सुध्रियो भन्दै कामना गरेका छन् । उनले दशैंले आफन्तबीचको सम्बन्ध सुदृढ गर्ने र आशिर्वाद लिनेदिने काम गर्ने बताए ।

विदेशी संस्कृतिहरुप्रति आकर्षण बढेको भन्दै ओलीले सचेत रहन समेत आग्रह गरे ।

कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चाडवाडको अवसरमा शुभकाना दिदैं नेपाली नागरिकको जीवनमा सुख र खुशियाली ल्याउन सकोस् भनेका छन् । उनले वर्तमान गठबन्धन सरकारको अत्याचार विरुद्ध एक हुन आव्हान समेत गरेका छन् । हरेक परिवारमा सरकारको महंगीको असर परेको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेलले देशलाई आर्थिक संकटबाट जोगाउनुपर्ने धारणा राखेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका नेता कार्यकर्ता, विभिन्न राजनीतिक दलहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा राप्रपाका नेता केशव ओझा, कांग्रेस झापाका सचिव कृष्ण हुँमागाई, माओवादी नेतृ धर्मशिला चापागाई, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नागरिक समाजका तर्फबाट डा.रामबाबु गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

नेकपा एमाले झापाले व्यवस्थापन गरेको कार्यक्रममा पार्टीलाई १० कठ्ठा जमिन निशुल्क सहयोग गर्ने डिल्ली सिटौलालाई अध्यक्ष ओलीले सम्मान समेत गरेका थिए । कार्यक्रममा नृत्य, गित प्रस्तुत गरिएको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक ३, २०८० शुक्रबार  ६ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]