जेष्ठ २८, २०८२ मंगलबार

झापामा ओलीको चार दिन : उद्योगहरुको अवलोकनदेखि पिङसम्म खेल्न भ्याए

बिर्तामोड । बडादशैंसहित विभिन्न चाडपर्वको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष झापाका शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् । यो वर्षको दशैंमा पनि अध्यक्ष ओलीले बिर्तामोडस्थित सिटी सेन्टरमा शुभकामना आदानप्रदान गरे ।

कात्तिक ३ गते आयोजित शुभकामना आदानप्रदान गरेर झापा दमक मै बसिरहेका ओली आज काठमाडौं फर्किदैछन् । उनी ११ बजे काठमाडौं फर्किएका छन् । ३ गते झापा आएका ओलीले ४ दिन विन्दास विताएका छन् ।  झापाको ४ दिने बसाईमा अध्यक्ष ओली राजनीतिक भन्दा अन्य अनौपचारिक भेटघाटमा समय दिए ।

दशैं मनाउन नहुने भएपछि ओलीले चारदिनमा जिल्लामा धेरै भेटघाट, उधोगहरुको अवलोकन, कृषि फर्मको अवलोकन गरेका छन् । बिर्तामोडको पुराणदेखि काँकडभिट्टामा समवेदना दिन भ्याए ।

काठमाडौंबाट आएको पहिलो दिन काँकडभिट्टास्थित उप्रेती परिवारमा समवेदना दिएर बिर्तामोडमा देवी क्याम्पसको अवलोकन गरे । त्यसपछि शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भई ओलीले रातको १ बजेसम्म कार्यकर्तासँग भेटघाट गरे ।

दोस्रो दिन ओलीले मेचीनगरमा रहेको ड्रागन फुडको बगान अवलोकन गरे । त्यसपछि उनले मेचीनगर मै रहेको सिंगापुरे वेभरेजको उधोगको अवलोकन गरेका थिए । कोकाकोलाको कम्पनीलाई टक्कर दिने गरी स्थापना भएको वेभरेजमा ओलीले आधा घण्टा विताएका थिए ।

सोही दिन बिर्तामोड–१० को कृषि फर्म अवलोकन गरेर दमक फर्किएका ओली अखिल साँझमा सहभागी भए ।

दमकका भेटघाटलाई प्राथमिकता दिए । कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेता कार्यकर्ता ओलीलाई भेट्न दमक आएका थिए ।

आइतवार ओलीले महारानीझोडाका सामुहिक कृषिको अवलोकन गरे । त्यसको प्रगतिमा चासो दिएका ओलीले केहिवेर त्यतै विताए । त्यसपछि गौरादहमा कृष्ण विकको लाहा खेती र उधोगको अवलोकन गरेका छन् । नेपालकै पहिलो लाहा खेती पुगेर ओलीले उधोगीहरुलाई उर्जा दिएर फर्किए । हुलाकीको निर्माणाधिन पुल हेरेर ओली जुरोपानी पुगेका थिए । जुरोपानीमा रहेको एउटा जातीय संग्राहलय अवलोकन गरेर ओली पिङ समेत खेलेर फर्किएका छन् ।

ओलीले औपचारिक भन्दा अनौपचारिक भेटघाटलाई प्राथमिकता दिँदा आम नागरिकले सजिलै भेटघाटको अवसर पाएका थिए । तर, अनौपचारिक भेटघाट भएकाले ओली पुगेका ठाउँहरुमा कतिपय एमालेकै कार्यकर्ताले समयमा सूचना पाउन सकेनन् र भेट्न पाएनन् ।

ओलीको चारदिने घुमफिरमा जिल्ला अध्यक्ष दिपक कार्की, सचिव शिव ढुङगेल र ओलीका प्रतिनिधी तुलसी कार्कीले साथ दिएका छन् । ओलीसँग आइतवार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीसहित अन्य नेता कार्यकर्ताहरु सभागी थिए ।

दशैंमा आराम गर्ने गरी झापा बसेका ओलीको चारदिने बसाई उद्यमीहरु, कार्यकर्ता भेटघाट, विभिन्न योजनाहरुको रिपोटिङका लागि प्रभावकारी भएको एमाले झापाका सचिव ढुङगेलले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक ६, २०८० सोमबार  १० : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]