जेष्ठ ६, २०८१ आईतबार

नेपालले जित्यो एसीसी यू– १९ प्रिमियर कपको उपाधि

काठमाडौँ । नेपालले एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा यूएईलाई २० रनले पराजित गर्दै नेपाल उपाधि जितेको छ ।

खेल वर्षाले प्रभावित भएपछि यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो । तर यूएई २६.४ ओभरमा १ सय ७८ बनाएर अलआउट भयो ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनायो । नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए ।

अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे । दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए ।

नेपालले पूरा प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन भएको हो ।

प्रकाशित मिति : कार्तिक ७, २०८० मंगलबार  ६ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]