जेष्ठ २८, २०८२ मंगलबार

शान्तिनगर र महाभारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सामाजिक र आर्थिक रूपमा झापालाई सबल र सक्षम बनाउन अन्तर्राष्ट्रिय झापाली समाजले देखाएको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

आइतबार बिर्तामोडमा आयोजित अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले लगानी भित्र्याउन आवश्यक पर्ने कानुन निर्माण गर्दै सँगै हिँड्न प्रदेश सरकार तयार रहेको बताउँदै झापाली समाजलाई ‘डिजाष्टर टुरिजम’ को क्षेत्रमा भन्दा पनि दिगो विकासका क्षेत्रमा काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका वक्ताहरूले झापाको विकास र समृद्धिका लागि विभिन्न मुलुकमा रहेका झापालीमार्फत लगानी भित्र्याउनु पर्नेमा जोड दिएका छन् । समृद्ध झापा निर्माणमा विश्वभरि छरिएका झापालीहरू एकजुट हुँदै अघि बढ्ने प्रतिबद्धता जनाएका उनीहरूले आफूहरूको लगानी सुरक्षित हुनुपर्ने सर्त राखेका छन् ।

हाल विश्वका ४० भन्दा बढी मुलुकमा रहेका नेपालीलाई जोड्दै अन्तर्राष्ट्रिय झापाली समाज गठन भएको र कुनै न कुनै माध्यमबाट झापाको विकासमा लगानी गर्न आफूहरू तत्पर रहेको उनीहरूको भनाइ थियो ।

समाजको महाधिवेशनका अवसरमा शान्तिनगर स्वास्थ्य चौकी र महाभारा स्वास्थ्य चौकीलाई एक-एक थान एम्बुलेन्स उपलब्ध गराइएको थियो । जसको चाबी मुख्यमन्त्री कार्कीले हस्तान्तरण गर्नुभयो ।

प्रकाशित मिति : कार्तिक १२, २०८० आईतबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]