जेष्ठ ४, २०८१ शुक्रबार

मुलुकको आर्थिक विकासमा सबै लाग्नुपर्नेमा एमालेको जोड

काठमाडौँ, १२ कात्तिक : नेकपा (एमाले) का मुख्य सचेतक पदम गिरीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नलागेको जिकिर गर्नुभएको छ । उहाँले अन्य राजनीतिकि दल र तिनका नेताले वर्तमान सरकार परिवर्तन गर्नुपर्छ भनिरहेको सन्दर्भमा आफ्नो पार्टी भने सरकार ढाल्ने खेलमा नलागेको जिकिर गर्नुभयो ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्य सचेतक गिरीले मुलुकको आर्थिक क्षेत्र सुधारका निम्ति भने गठनबन्धनको वर्तमान सरकार परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । मुख्य सचेतक गिरीले भन्नुभयो, “गठबन्धनको सरकारले आर्थिक क्षेत्रमा सुधार गर्न सकिरहेको छैन, आर्थिक सुधारका लागि अब सरकार परिवर्तन गर्नुपर्ने बेला आएको छ, अहिले आर्थिक क्षेत्र धराशयी मात्रै नभएर मन्दी नै आइसकेको छ, आर्थिक रुपमा असफल मुलुक बन्ने खतरा बढेर गएको छ ।”

उहाँले जतिसक्दो चाँडो गठबन्धन भत्काएर नयाँ ढङ्गबाट राजनीतिक कोर्ष अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने जिम्मेवारी नेपालकै राजनीतिक दलको भएको बताउँदै नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउन संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सद्भाव मात्र रहने बताउनुभयो ।

प्रकाशित मिति : कार्तिक १२, २०८० आईतबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]