जेष्ठ ४, २०८१ शुक्रबार

एमालेको चियापन : प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सहभागी

काठमाडौँ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा सहभागी हुनुभएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुग्नुभएका सभापति एवं पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गर्नुभएको थियो।

एमालेले दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर आज (बुधबार) पार्टी कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विभिन्न दलका शीर्ष नेतालाई निम्ता गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसअघि नै च्यासल पुगिसकेका थिए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने पुगेका छैनन् । उहाँ पार्टीको कामले बिहानै रौतहट पुगेको उहाँ निकट स्रोतले बतायो ।

एमालेले पार्टीका कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो ।

प्रकाशित मिति : कार्तिक १५, २०८० बुधबार  ३ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]