जेष्ठ ४, २०८१ शुक्रबार

एमाले शिवसताक्षीको चियापानमा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेकपा एमाले शिवसताक्षीद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा २०४६ साल अघि निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको हो ।

तत्कालिन अवस्थामा नेकपा एमालेबाट निर्वाचित ८० बढी पूर्व जनप्रनिधिहरुलाई सम्मान गरिएको नेकपा एमाले शिवसताक्षी नगर कमिटीले जनाएको छ । उनीहरुलाई केन्द्रिय सदस्य तथा नगर इन्चार्ज मेनुका काफ्ले, प्रदेश कमिटी सदस्य तथा क्षेत्र नंं ४ का सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद राधाकृष्ण खनाल, जिल्ला अध्यक्ष दिपक कार्की, जिल्ला सचिव शिव ढुंगेल, जिल्ला कमिटी सदस्य नरमाया कार्की, नगर अध्यक्ष मेगाहाङ्ग थोप्रा लगायतले दोसल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए ।

तत्कालिन समयमा सतासीधाम, धरमपुर, शिवगञ्ज, पाँचगाछी गाविसमा नेकपा एमालेबाट निर्वाचित गाविस अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सम्झदै, उहाँहरुले पार्टीमा पु¥याएको योगदानको कदर गर्दै ज्येष्ठ पार्टीका खम्बाका रुपमा सम्मान गरिएको नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष मेगाहाङ्ग थोप्राले जानकारी दिए ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष दिपक कार्कीले पार्टीमा योगदान पुर्याएका हाम्रा अग्रजहरुका कारण नै पार्टीको अनुशासन, मर्यादा पालनको रुपमा उहाँहरुले दिएको ज्ञान र सिद्धान्तलाई अनुशरण गरेर आज हामी यो अवस्थमा आएको बताए ।उनले भने, उहाँहरुलाई हामी कहिल्यै भुल्ने छैनौ, पार्टीका अग्रज व्यक्तित्वहरु हाम्रो पार्टीको धरोहर हुन् ।
त्यस्तै प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले हिजो तपाईँहरुले मुलुकको परिर्वतनका लागि लड्नु भएका कारण नै आज तपाईहरु समक्ष उपस्थित भएको बताए । उनले दिपवाली छठ पर्व र सम्पूर्ण चाडबाडहरुको उपलक्ष्यमा पार्टी अग्रज र सम्मानित सबैमा सु स्वास्थ्य एवम दीर्घायूको शुभकामना व्यक्त गरेका थिए ।

२०४६ साल अघि निरंकुश पञ्चायती शासन काल रहेका बेला पार्टीको धारणा र पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै पार्टीमा पुर्याएको योगदानको कदर स्वरुप आज सम्मानित हुनु हुने पार्टीका अग्रज ज्यूहरुलाई शुभकामना दिएकी थिइन् । उहाँहरुको योगदानका कारण नै हामी संघीय गणतन्त्र स्थापना गर्न सफल भएको उनले बताइन् ।

शुभकामना आदान प्रदान कार्यक्रमा नेकपा माओवादीका नगर अध्यक्ष महेन्द्र भट्टराई, नेपाली कांग्रेसका नगर उपसभापति सन्त फेउदिनले समेत शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीका अग्रज कार्यकर्ता लगायत दुई सयबढी उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगर उप सचिव भिम लिवाङ्गले गरेका थिए ।

प्रकाशित मिति : कार्तिक १६, २०८० बिहीबार  ६ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]