बैशाख २२, २०८१ शनिबार

‘दिवा खाजा कार्यक्रम’ कक्षा ६ सम्म विस्तार गर्न माग

काठमाडौँ – सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सरकारले सञ्चालन गरेको ‘दिवा खाजा कार्यक्रम’ कक्षा ६ सम्म विस्तार गर्न सरकारलाई बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले माग गरेको छ ।

आज विज्ञप्तिमार्फत कक्षा ६ मा अध्ययनरत सामुदायिक विद्यालयका चार लाख ३४ हजार विद्यार्थीलाई दिवा खाजा कार्यक्रमको लागि बजेट सुनिश्चित गरिदिन सिजपले सरकारसँग अनुरोध गरेको हो ।

आव २०७९-८० देखि दिवा खाजा कार्यक्रमको लागि अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराउँदा कक्षा ६ मा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थी दिवा खाजा कार्यक्रमबाट बञ्चित भएका छन् । त्यसैले पुनः दिवा खाजा कार्यक्रम सञ्चालन गरी वञ्चित बालबालिकाको पोषणको सुनिश्चितताका साथै बालबालिकाको सिकाइलाई अप्ठ्यारो सृजना हुनबाट जोगाउन चाँडै बजेट विनियोजनका लागि नेपाल सरकार, अर्थ मन्त्रालयसँग सिजपले माग गरेको छ ।

प्रकाशित मिति : कार्तिक १७, २०८० शुक्रबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]