जेष्ठ ४, २०८१ शुक्रबार

कोशी सरकारबाट बाहिरिँदै एमाले

विराटनगर । आफूहरूसँग भएको सहमतिविपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

एमालेले मन्त्री राम रानालाई राजीनामा गराउने तयारी अगाडि बढाएको छ । एमालेले भोलि रानालाई राजीनामा गराउने तयारी गरेको पार्टी स्रोतले जनाएको छ ।

राना असोज २७ गते मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएसँगै मन्त्री भएका थिए । उनलाई अहिलेसम्म मन्त्रालयसमेत दिइएको छैन ।

‘माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि हामी बसिरहनु उपयुक्त छैन’, एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘आवश्यक छलफल गरेर भोलि सरकारबाट बाहिरिन्छौं ।’

प्रकाशित मिति : कार्तिक १७, २०८० शुक्रबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]