बैशाख ८, २०८१ शनिबार

सहिद पाण्डेको बाटोमा प्रगतिशीलहरु छन् कि छैनन् ?

मनोज ताम्ली

हुदैन विहान मिर्मिरेमा तारा झरेर नगए
वन्दैन मलक दई चार सपत मरेर नगए
ओठमा हासो गालामा लाली तव आउछ जगतको
देशको पीरले भेटी जव वीरले चढाउदछ रगतको

भुपि शेरचनको कविता जस्तै मुलक बनाउनका लागि देश सपुतहरुले अमुल्य जीवनको आहुती दिएका छन् । आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौ । नेपाली जनताको अधिकारको लडाईमा विभिन्न काल खण्डमा सयौं योद्धाहरुको त्याग, समपर्ण गरेका छन् । नेपाली जनताको लागि हाँसी–हाँसी जीवनको आहुती दिनु हूने वीर सहिदहरुको योगदानलाई भुल्न हुन्न । नेपालको राजनीतिमा झापाको योगदान अत्यन्त बढी पाउन सकिन्छ । झापालाई नेपालको कम्युनिष्ट आन्दोलनको उर्वर भूमीको रुपमा लिइन्छ ।

मनोज ताम्ली

राज्य व्यवस्था परिवर्तनको आनदोलनमा झापाको भुमिका अतुलनीय रहेको छ । पंचायतीकालको अन्त्य तिर देशभर पंचायतको विरुद्ध आन्दोलन चलिरहँदा राजनीतिक चेतनाले भरिएको झापा जिल्लामा पनि विभिन्न गतिविधीहरु भइरहेका थिए । यसैक्रममा भारतमा रहेका नेपाली भाषी माथि गरिएको दमनको विरुद्ध आन्दोलन शुरु भयो । उक्त आन्दोलनमा झापाको एक होनाहार देश भक्त विधार्धीले वलिदानी दिनुपर्यो । त्यो बलिदानी लक्ष्मी पाण्डेले दिएका थिए ।

सहिद लक्ष्मी पाण्डेको जन्म विं. सं २०२२ साल पौष १९ गते पिता खड्गप्रसाद पाण्डे र माता माया देवी पाण्डेको कोखबाट ताप्लेजुङ्ग जिल्ला सिनाममा भएको थियो । वि. स. २०३५ सालमा परिवार सहित झापाको साविक बनियानी –६ मा बसाई सरीआउनु भयो । विधार्थी अवस्थामा नै पार्टी काममा लाग्नु भएको पाण्डे साहसी निडर हुनुहुन्थ्यो । आफु साहदत हुन भन्दा केही समय अगाडि मात्र हत्यारा शासकहरुद्धारा गोली हानी हत्या गरिएको पृथ्वीनगर –८ का कृष्ण योङहाङको हत्याको विरोधमा आयोजित जनसभामा चुनौतीका साथ उहाँले भन्नभएको थियो ‘न्याय माग्दा गोली दिने शासन कति दिन टिक्ला ।’ सहिद लक्ष्मी पाण्डे साहदत प्राप्त गर्दा हिमाली माविमा कक्षा– ९ मा अध्ययनरत हुनुहन्थ्यो । विधालयमा अध्ययन गर्दा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यको रुपमा प्रगतिशील विचार प्रवाह गर्नु हुन्थ्यो ।

माल्यार्पण गर्दै अनेरास्ववियूका संयोजक ऐन महर

वि.सं. २०४४ सालमा भारतको मेघालय राज्यमा लामो समयदेखि आफ्नो रगत र पसिना त्यही माटोमा भिजाउँदै गरेका नेपाली मुलका जनतालाई अपमानजनक ढङ्गले लखेट्न थाले पछि भारतीय हैकमवाद्को विरुद्ध नेपालमा पनि विरोध सभाहरु हुन थाले । राजनीतिक दलहरु प्रतिवन्धमा रहेको अवस्थामा उक्त आन्दोलन जनपक्षीय प्रतिनिधिहरु, विधार्थीहरु र प्रगतिशील विचारधार भएका अर्थात निरंङकुश पंचायतको विरोधीहरु सहभागी भएका थिए । नेपाली भाषीको पक्षमा भएको उक्त आन्दोलन जिल्लाव्यापी रुपमा मंसिर २७ गते सुरुङ्गामा गर्ने तयारी गरिएको थियो ।

उक्त आन्दोलनमा जनपक्षीय प्रतिनिधीहरुको साथ र समर्थन रहेको थाहा पाएको तत्कालिन पंचायत प्रशासनले मसिर २६ गते बेलुका नै ७ जना जनपक्षीय प्रतिनिधीहरुलाई पक्राउ गर्याे । मसिर २७ गते पंचायती प्रशासनले पूर्व र पश्चिम दुवै तर्फ रोकेर सरुङ्गामा भेला हुन दिइएन । त्यसै क्रममा आन्दोलनकारीले कन्काई पलको पश्चिम तिर भेला भई सभाको तयारी गरियो । सभाको बिसर्जन पश्चात सबै जना घर फर्कने क्रममा प्रहरीले आनदोलनकारीहरु माथि दमन शुरु गर्याे । प्रहरीले महिलाहरु माथि दुव्र्यवहार गर्दा लक्ष्मी पाण्डेले प्रतिकार गर्नुभयो ।

साहसी निडर स्वभावका पाण्डे महिलाहरु माथि दुव्र्यवहार बन्द गर भन्दै प्रहरीको विरुद्ध उभिनु भएको पाण्डेलाई जनविरोधी, राष्ट्रविरोधी निरङकुश शासकले गोली हान्यो । घटनाको प्रत्यक्षदर्शी लत्ता प्रसाई ‘गोली लागी ढलेको लक्ष्मी पाण्डेले देश तपाईहरुको जिम्मा भयो साथीहरु’ भन्दै अन्तिम सास लिनु भएको स्मरण गर्नुहुन्छ ।

धेरै कम मानिसले मात्र आफ्नो जीवनलाई सार्थक बनाएका हुन्छन् । त्यस्तै आफ्नो अमुल्य जीवनको आहुती दिएर नेपाली जनतालाई आजको सुनौलो दिन देखाउन सफल सहिद लक्ष्मी पाण्डेको जीवन सार्थक रह्यो । वलिदानीपूर्ण इतिहास बोकेको विधार्थी नेता लक्ष्मी पाण्डेको योगदानलाई स्मरण गर्न जरुरी छ । जसले अन्यायको विरुद्ध हासीहासी आफ्नो जीवनको आहुती दिनु भयो । आज लक्ष्मी पाण्डेलाई स्मरण गरिरहँदा सहिद लक्ष्मी पाण्डेले देखाएको वाटोमा हामी छौ कि छैनौ ? गम्भीर रुपमा समिक्षा गर्न जरुरी छ ।

आजको विधार्थी राजनीतिमा रहेकाहरुले पाण्डेले अघि सारेका लक्ष्य पुरा गर्न सके,सकेनन् ? यो पनि अर्को समिक्षाको पाटो छ । जीवनलाई जनताको निम्ति चढाउने पाण्डेजस्तै सहिदको बाटोमा आज प्रगतिशीलहरु छन् कि छैनन् ? उनीहरु जस्तो त्याग आज छ कि छैन ? यदि त्यो छैन भने हामी अझै पाण्डेहरुको बाटोमा छैनौं । यदि उनीहरुले देखाएको बाटोमा हामी छैनौ भने अब लक्ष्य पुरा गर्ने र नेपाली जनताको सपना पुरा गर्ने ठाउँमा पनि छैनौं ।

सहिद लक्ष्मी पाण्डे आज भौतिक रुपमा हामीसँग हुनुहुन्न , तर उहाँको साहसिक जीवन र देखाएको बाटो हाम्रै अगाडि छ । अब अगाडिको बाटो हिड्ने , नहिड्ने बेलैमा निक्र्यौल गरौं ।
आज सहिद लक्ष्मी पाण्डे हामी माझ नभए पनि उहाँको विचारको प्रतिनिधित्व गर्ने पार्टी सरकारमा छ । हिजो उहाँहरुले देखेको सपना पुरा गर्ने जिम्मेवारी र दायित्व पनि यो सरकारको हो ।

– लेखक : अनेरास्ववियु झापाका अध्यक्ष हुन् ।

प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार  ६ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]