जेष्ठ २७, २०८२ सोमबार

बिर्तामोडको कृषिथोक बजारबाट भूकम्प पीडितलाई आर्थिक सहयोग

बिर्तामोड । कृषिथोक बजार व्यवस्थापन समितिको अगुवाइमा भूकम्प पीडितलाई सहयोग रकम पठाइएको छ । समितिका अध्यक्ष कृष्ण पौडेलले भूकम्प पीडितका लागि १ लाख ८ हजार ४ सय ५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाइएको जानकारी दिए ।

कृषिथोक बजार व्यवस्थापन समितिका पदाधिकारीहरु, व्यवसायीहरु र कर्मचारीहरुले सहयोग रकम संकलन गरेर जम्मा गरेको अध्यक्ष पौडेलले बताए ।

यस्तै, झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् ।

कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा शुक्रवार रु ५८ हजार ६ सय ८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले जानकारी दिए ।

कैदीबन्दीले दैनिक सिदाबापत रु ८० पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्पपीडितलाई सहयोग दिइएको हो । झापा कारागारमा हाल एक हजार पाँच सय ६० जना कैदीबन्दी रहेका छन् । यसैगरी, विर्तामोड नगरपालिकाले भूकम्पपीडितको सहयोगार्थ रु पाँच लाख सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताइन् ।

प्रकाशित मिति : कार्तिक २५, २०८० शनिबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]