जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोड रनमा कार्की र तामाङ प्रथम

बिर्तामोड । अनारमनी सोसियल युथ क्लवको आयोजनामा भएको बिर्तामोड रनमा शिव कार्की र देविका तामाङ प्रथम भएका छन् । पाँच किमि दौडमा पुरुष तर्फ कार्की र महिला तर्फ तामाङ प्रथम भएका हुन् ।

‘स्वास्थ्यका लागि खेलकुद, लागुऔषध मुक्त बिर्तामोडका लागि हामी सबै एकजुट’ नारासहित आयोजना गरिएको बिर्तामोड रनमा पुरुष तर्फ दोस्रो सुकदेव टुडु, तेस्रो यामदेव राई र महिला तर्फ साइना गुरुङ दोस्रो र रुपा राई तेस्रो भएको कार्यक्रम संयोजक प्रभाश थापामगरले जानकारी दिए ।

बिर्तामोड नगरपालिका प्राङगणबाट सुरु भएको दौड चोक–यातायात कार्यालय हुँदै नगरमा पुगेको थियो । विजेताहरुलाई प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, डिएसपी सुरज कार्की सहित अगुवाहरुको सहभागी रहेको थियो ।

प्रकाशित मिति : कार्तिक २५, २०८० शनिबार  ११ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]