बैशाख २४, २०८१ सोमबार

छठको ऐतिहासिक र सांस्कृतिक महत्त्व

बिकास तिम्सिना

छठ उत्तरी भारत र नेपालमा एकदमै महत्व दिई आस्थाका साथ मनाईने पर्व हो । यसलाई डाला पुजा तथा सूर्य षष्ठीका नामले पनि चिनिन्छ । हाल मधेसी मूलका मानिसले मात्र नभई जुनसुकै जातजाति र सम्प्रदायका मानिसहरुले मनाउने गरेका छन् । छठमा कार्तिक शुक्ल पञ्चमी र षष्ठी गरी दुईदिनलाई मुख्य दिन मानिन्छ ।

छठ पर्वको सुरुवात देवी देवताकै पालामा त्रेता युगबाट सुरु भएको भनिए पनि यसमा निकै मतमतान्तर रहेको कुरा विज्ञहरु बताउँछन् । सुर्य पुत्र कर्णले बिहारमा राज गर्दा सुर्यको पुजा गर्न थाले पछि सुरु भयो भन्ने किंवदन्ती रहेको छ भने कुनै समय निसन्तान रहेका दम्पती प्रियव्रत र मालिनीले महर्षि कश्यपको सहयोगमा सन्तान प्राप्तिका लागि यज्ञ गरेका र नौ महिनापछि मृत सन्तान प्राप्त भएको थियो । बल्ल बल्ल भएको सन्तान पनि मृत जन्मेकाले बुबाले आत्महत्या गर्नै लाग्दा माता षष्ठी प्रकट भएको र पुजा विधि बताएकी थिईन्‌।सोहि विधि अनुसार पुजा गर्नाले सन्तान प्राप्त भएपछि छठको सुरुवात भएको पाईन्छ । यसो हुँदा छठलाई निसन्तान रहेकाहरुले बढी महत्त्वका साथ पुजा गर्ने चलन रहेको पाईएको छ ।

दशैं तिहार सकिए लगतै कार्तिक महिनामा र चैत्र महिनामा पर्छ। मधेसी समुदायमा कार्तिकको छठलाई मुख्य मानिन्छ । दुवै छठको विशेषता एकै अर्थात् महिना फरक भएपनि एकै तिथिमा मनाईन्छ भन्नुभयो।तर चैती छठ थोरैले मात्र मनाउने गरिएको रहेछ ।

छठ पर्वको ईतिहास हेर्ने हो भने यस्को महत्व व्रतालु र परिवारको स्वास्थ्यसंग रहेको छ । सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । षष्ठी व्रतकाबारेमा अग्नि पुराणमा पनि लेखिएको पाईन्छ । कुन्ती, द्रौपदी सहित पाण्डवले पनि वनवास र अज्ञातवासमा रहँदा यो व्रत गरेको कुरा महाभारतमा उल्लेख छ ।

खर्ना– जुन समयहो व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन् । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् । व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् । यसपर्वमा शुद्धता निकै आवश्यक भएकाले कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् ।

तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास रहेकाले शुद्ध मन वचन र कर्मकालागि धर्मावलम्बीहरु खटिने गर्छन्।व्रतालु मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छन् । व्रत बसेको निश्चित व्यक्तिको स्वास्थ्यमा असर देखिए अर्को सदस्यले व्रत हस्तान्तरण गर्न सकिने रोचक तथ्य रहेको छ ।

(निरामिस व्रतमा बार्नुपर्ने) अमिलो तथा नुनिलो स्वाद भएका बाहेक सबै गुलिया फलफूल तथा मुला, लौका, बैगुन जस्ता सागपातहरु तथा अदुवा बेसार र मानव स्वास्थ्यका दृष्टिले महत्वपूर्ण सागपात र फलफूल आदि कुरा चढाईन्छ‌ । सुजी र मैदाबाट बनेको खजुरी र आँटाबाट बनेको ठकुवा र कसार समेत चढाईने रहेछ ।

सूर्य नितान्तः वास्तविक कुरा र प्रकाशको स्रोत भएकाले यसलाई एक प्राकृतिक र वैज्ञानिक रुपले पनि हेर्न सकिन्छ । सूर्य बिना संसार परिकल्पना गर्न नसकिने हुँदा सूर्यको पूजा गरिनुमा यथार्थता छ भन्न सकिन्छ । बिहानी सुर्यको किरणबाट भिटामिन डि पाउन सकिन्छ भन्ने बैज्ञानिक तथ्य रहेको छ । यसो हुँदा एक निश्चित दिन मात्र नभई सदैव सुर्यको पुजा गरे जनमानसमा निकै फाईदा हुने देखिन्छ ।

कुरा गरौँ पूर्वि नेपालमा रहेको झापा जिल्लाको छठको– झापामा प्रमुख मानिने नदी मेची कन्काई तथा बिभिन्न क्षेत्रमा फैलिएको मेची नदिमा व्रतालुहरुले घाट बनाई पुजा गर्नेगरेको पाईन्छ । झापामा मधेसी समुदायले निकै भू–भाग ओगटेको छ । यति मात्र नभइ छठको बेला यस्ता नदी किनारमा मेला लाग्ने भएकाले व्रतालुका साथ साथ मेला हेर्न आउने को पनि निकै जमघट हुने गर्छ ।

यो लेख तयार गर्न धेरै कुराको जानकारी दिएर सहयोग गर्नुहुने भद्रपुर निवासी ममता कामतलाई बिशेष धन्यबाद ।

(लेखक मेचीबहुमुखी क्याम्पसमा मानवशास्त्रमा स्नातक तहको अध्ययन गर्दे छन् ।)

प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार  ३ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]