जेष्ठ २७, २०८२ सोमबार

बिर्तामोडका डेढ सय ज्येष्ठ नागरिकलाई लौरो वितरण

बिर्तामोड । सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकहरुलाई गलत गर्ने विरुद्ध खवरदारी गर्न आग्रह गरेका छन् । उनले आज प्रदान गरेको लौरो गलत गर्नेहरुलाई खवरदारीका लागि पनि भएको बताए ।

बिर्तामोड नगरपालिकाको आयोजना र सभामुख घिमिरेको समन्वयमा बिर्तामोड र कनकाई क्षेत्रका करिव १५० ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित लौरो वितरण गरिएको छ । सम्मान गर्दै सभामुख घिमिरेले बुढेसकालको सहाराका लागि लौरो प्रदान गरेको बताए । उनले नेतृत्वकर्ताबाट कुनै गल्ती भए यहि लौरोले खवरदारी गर्न आग्रह समेत गरेका छन् ।

उनले ज्येष्ठ नागरिकहरु सबैको साझा अभिभावक भएको भन्दै उहाँहरुको सम्मान जरुरी भएको बताएका हुन् ।
सभामुख घिमिरेले ज्येष्ठ नागरिकहरुलाई ढाका टोपी, मजेत्रो र लौरो प्रदान गरेका थिए । सोही अनुसार अर्जुनधारा र बुद्धशान्तिमा समेत लौरो वितरण गर्ने कार्यक्रम रहेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, छवि चुडाल, उपप्रमुख नगेन्द्र संग्रौला, जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय विनोद कुमार न्यौपाने लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुलाई यातायता खर्च समेत उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : मंसिर ३, २०८० आईतबार  २ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]