मंसिर १६, २०८० शनिबार

युवा संघ र दुर्गा प्रसाईलाई एकै ठाउँ कार्यक्रम नगर्न प्रशासनको आग्रह

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ७ गते काठमाडौंमा विशाल सभा आयोजना गर्न लागेका युवा संघ र दुर्गा प्रसाई दुवै समूहलाई दुईवटा विकल्प दिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले या एकले कार्यक्रम स्थगित गर्न वा आफुले भनेको ठाउँमा कार्यक्रम आयोजना गर्न विकल्प दिएको हो । काठमाडौं जिल्ला प्रशासन प्रमुख जितेन्द्र बस्नेतलाई दुवै पक्षलाई केही घण्टाको समय दिइएको जानकारी दिए ।

‘आज साँझसम्म हामी निर्णय गर्छ’, सीडीओ बस्नेतले भने ।
दुवै समूहले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा एकै दिन कार्यक्रम गर्ने भन्दै अनुमति मागेकाले समस्या भएको बताए । ‘एकै ठाउँमा एकै दिन कार्यक्रम गर्न त सम्भव हुँदैन । त्यसैले हामीले उहाँहरुलाई विकल्प दिएका छौँ’, उनले भने ।

प्रकाशित मिति : मंसिर ४, २०८० सोमबार  ४ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]