राष्ट्रिय युवा संघको कार्यक्रम तिनकुनेमा हुने
बिर्तामोड । राष्ट्रिय युवा संघले मंसिर ७ गतेको कार्यक्रम तिनकुनेमा गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाका कारण निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले ठाउँ परिवर्तन भएको जनाएको छ । यसअघि युवा संघले माइतीघरमा कार्यक्रममा प्रदर्शन गर्ने तयारी गरेको थियो ।
एमालेको युवा संघ र अनेरास्ववियुले आयोजना गर्ने कार्यक्रम तिनकुनेमा आयोजना गरिने राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । जिल्ला सुरक्षा समिति काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।