जेष्ठ ५, २०८१ शनिबार

अराजकतालाई बढवा नगरौं

सम्पादकीय
मंसिर ७ गते काठमाडौंमा हुने दुई विशाल सभाले देशलाई नै ध्यानाकर्षण गराएको छ । राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईको अभियानले आयोजना गर्ने दुई वटा सभाले सबैको ध्यान तानेको छ । कार्यक्रमहरु, सभाहरु सधै भइरहेकै छन्, तर यहि कार्यक्रमले धेरैलाई ध्यानाकर्षण गराएको छ । किनभने, प्रसाई र युवा संघका पूर्व नेता, पूर्व मन्त्री समेत रहेका एमाले नेता महेश बस्नेतबीचको विवादले ठुलै दुर्घटना होला कि भन्ने आशंकाले हो । तर, प्रशासनले दुवै पक्षलाई आमनेसामने हुन नदिने वातावरण तयार गरिसकेको छ । दुवैले माइतघरमा भेला हुने भन्ने पहिलेको तयारीले दुर्घटनाको संभावना बढेको थियो ।

दुर्गा प्रसाई मेडिकल व्यवसायसँगै राजनीतिकमा सक्रिय व्यक्तित्व हुन् । राजनीतिमा पनि शक्तिशाली व्यक्तिहरुको संगत गरिसकेका प्रसाई यतिवेला राजाको पक्षमा खरो उत्रिएका छन् । गणतन्त्र र गणतन्त्र ल्याउने नेताहरुलाई अपमानजनक अभिव्यक्ति दिदैं अस्थिर मतदाताको मन जितिरहेका प्रसाईले मंसिर ७ लाई वारपारको लडाईको संज्ञा समेत दिइसकेका छन् । पछिल्लो समय कुनै पनि सिमाको ख्याल नगरी अभिव्यक्ति दिइरहेका प्रसाईले खासगरी बैंक तथा वित्तिय संस्थाबाट दुख पाइरहेका केहि व्यक्तिहरुको साथ पाएका छन् ।

एमाले, कांग्रेस वा माओवादी शक्तिमा हुँदा उनीहरुको पछिपछि, नयाँ शक्ति वा नयाँ चुनाव चिन्ह लिएर आउने दलहरुको पछिपछि दौडिनेहरु आज केहि मान्छेहरु प्रसाईको पछिपछि दौडिरहेका छन् । कहिल्यै एक ठाउँबाट आवाज उठाउन नसक्ने अस्थिरहरु भीड यस प्रकारको माहोलमा जोडिएका छन् । मंसिर ७ ले कुनै राजा ल्याउने होइन । महेश बस्नेत विरुद्ध शक्ति प्रदर्शनका लागि आयोजना गरिएको धेरैले आरोप लगाइरहेका छन् । यस्तै, आरोप युवा संघलाई पनि लागेको छ । मुलुकमा अहिलेको व्यवस्था जोगाउन वा यो व्यवस्थाको अनुभूति गराउन नेतृत्व तहले ख्याल गर्नैपर्छ । व्यवस्था विरुद्ध विभिन्न समयमा मौका छोपेर विभिन्न समूहरुको निर्माण सधै हुन सक्छ । त्यसलै व्यवस्थामाथि औला उठ्दा मात्र होइन , सधैं खवरदारी गर्न गणतन्त्रवादीहरु सधैं एक हुनैपर्छ । कसैले पनि कुनै पनि अराजक गतिविधिमाथि बढवा दिने काम नगरौं । गणतन्त्रवादीहरुलाई पनि जोडदार खवरदारी गरौं ।

प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]