बैशाख १७, २०८१ सोमबार

बिर्तामोडबाट हराएका दुई बालिका ६ घण्टापछि फेला परे

बिर्तामोड । झापाको बिर्तामोडबाट बुधवार विहान वेपत्ता भएका दुई बालिका ६ घण्टापछि फेला परेका छन् । विहान ११ बजेबाट सम्पर्कविहीन भएका दुई बालिकालाई साँझ पाँच बजे फेला पारेको बुबा निशान निरौलाले जानकारी दिए ।

बिर्तामोड-५ लालीगुराँस टोलका दुई बालिका विहान ११ बजेदेखि परिवारको सम्पर्कभन्दा बाहिर पुगेपछि परिवारले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई जानकारी गराएका थिए ।

सात वर्षीया हिमानी निरौला र पाँच वर्षीया अबजना पौडेल एकसाथ हराएका थिए ।  बुबा निरौलाले बच्चाहरुलाई स्थानीयले सोधीखोजी गर्दैगर्दा आफन्तले नै देखेर सम्पर्क गरेको बताए । उनीहरुलाई परिवारले मनकामना कलेजदेखि ४ सय मिटर दक्षिणमा फेला पोरेका हुन् ।

आफन्तको घरमा समेत गएको नभेटिएकाले प्रहरीले पनि सार्वजनिक सूचना मार्फत उनीहरुको खोजीमा सघाउन आग्रह गरेको थियो ।

प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]