बैशाख १७, २०८१ सोमबार

पूर्वराजा ज्ञानेन्द्र दलको निम्तोमा होइन, कलेजको निम्तोमा झापा आउने हो : इकोम

बिर्तामोड । मंसिर ९ गते झापा आउने पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि राजनीतिक दलको निम्तोमा नआएको स्पष्ट पारिएको छ । बिर्तामोड–१ स्थित इकोम कलेजको कार्यक्रममा आउने शाह कलेजकै निमन्त्रणामा आउने भएका हुन् ।

कलेज परिसरमा राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न शाह बिर्तामोड आउने निश्चित भइसकेको छ । सो कार्यक्रमको आवश्यक तयारी पूरा भइसकेको कलेजमा संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले जानकारी दिए । उनले पूर्वराजा आउने सन्दर्भमा बाहिर भइरहेको राजनीतिकरण बारे जानकारी नभएको स्पष्ट पारेका छन् । पूर्वराजालाई झापामा आफुहरुको निम्तोमा ल्याउन लागेको हो, उनले भने – कुनै पाटीको निम्तोमा आउन लागेको होइन । कलेज बाहिर केके कार्यक्रम छन्, जानकारी छैन ।

८ वर्षअघि स्थापना भएको कलेजको सोही अवसरमा औपचारिक उद्घाटन समेत गर्ने तयारी छ । होटल म्यानेजमेन्ट, विजनेस र कम्प्यूटर साइन्स पढाई भइरहेको कलेजमा पूर्वराजाले शालिन अनावरणपछि आधा घण्टा विद्यार्थीको प्रस्तुति हेरेर फर्किने बताइएको छ ।

१ बजे कलेज प्रवेश गर्ने पूर्वराजा मेची क्राउनबाट कलेजसम्म जाँदा राप्रपाका कार्यकर्ताहरुले र्याली गर्दै जाने बुझिएको छ । पूर्व राजा कलेजको कार्यक्रममा आउँदा राप्रपाले मौका छोपेर सवारीलाई भव्य बनाउन लागेको हो ।

प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]