बैशाख २३, २०८१ आईतबार

आजदेखि झापा लिग : बिर्तामोड र हल्दिवारी भिड्दै

बिर्तामोड । अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग) मा सहभागी हुने खेलाडीहरुलाई बिर्तामोडबाट विदाइ गरिएको छ ।

नगर खेलकुद विकास समितिको आयोजनामा भएको एक संक्षिप्त कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले खादा लगाएर विदाइ गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले प्रतियोगिताको टाइटल जितेर आउन शुभकामना दिनुभयो ।

नगरपालिकाले खेलाडीहरुलाई सिमित स्रोत साधनमा भए पनि सहयोग तथा प्रोत्साहन गरिरहेको बताउनु भयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले प्रतियोगिता प्रतिष्ठाको विषय भएकोले जितेर आउन खेलाडीहरुलाइ शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा टिम क्याप्टेन विक्की चौधरी र प्रशिक्षक योगेश गुरुङलाई नगर प्रमुख प्रसाई र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जर्सी हस्तान्तरण गर्नुभएको छ । विदाई कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायतको उपस्थिति रहेको थियो । नगर खेलकुद विकास समितिकी उपाध्यक्ष आइतमाया शेर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विसन लिम्बुले गर्नु भएको थियो । बिर्तामोडले आज हल्दिबारीसँग पहिलो खेल खेल्दैछ ।

प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार  २ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]