जेष्ठ ५, २०८१ शनिबार

विलिएको राजतन्त्र उठ्दैन

सम्पादकीय
देशमा यतिवेला राजाको माग चर्को ढंगबाट उठिरहेको अवस्था छ । तर, त्यो सानो घेरामा सिमित छ । हुनतः ज्ञानेन्द्र शाहले शासन सत्ता त्याग गर्दै गर्दा पनि कतिपयले राजतन्त्र जोगाइनुपर्छ भन्ने नारा लगाएका थिए । त्यसको अवशेष अहिलेसम्म बाँकी नै छ । मुख्य अवशेष भनेको राजावादी पार्टी नै हुन् । जसले पार्टीको मुख्य लक्ष्य संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र बनाएका छन् । नेपालमा अब राजतन्त्रको नाममा ‘थेगो’ बन्न सक्छ । तर, यथार्थमा राजाको पुनरर्वालीको संभव शून्य छ । मृत व्यवस्थालाई व्यूँत्याउने कुरा नेपालका लागि सपना बाहेक केहि हुने छैन ।

पछिल्लो समय राप्रपा बाहेकका समूह पनि राजावादी भन्दै भेला बैठक, सभा गरिरहेका छन् । राजाको माग कै कुरा गर्ने हो भने राप्रपाभन्दा अन्य समूहले जोडदार ढंगबाट उढाइरहेका छन् । झापामा मेडिकल व्यवसायीले झनै तुरुन्त श्रीपेच लगाइदिने जस्ता अभिव्यक्ति दिदैं आइरहेका छन् । यो सम्पूर्ण गतिविधिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि काउकुति लागेको होला । जब, जनतासामु घँोडा टेकेका ज्ञानेन्द्र स्वयम् इच्छुक छैनन् भने बाँकीले राजाको नाममा नारा लगाउनु समयको वर्वादी मात्रै हो । मुलुकमा गणतन्त्र पक्षधरले यो व्यवस्थामा बोल्न पाइने हक दिएका कारण मुख बन्द गरेका छैनन् । नेपालको सन्दर्भमा गणतन्त्रवादीहरुले व्यवस्थामाथि नै संकट आएमा त्यसको सहजै प्रतिकार गर्न सक्ने ल्याकत राख्दछन् ।

२०६३ सालको जनआन्दोलन र १० वर्षसम्म चलेको सशस्त्र युद्धले राजतन्त्रको अन्त्य भयो । तर अहिले पनि पुनः राजतन्त्रको माग किन हुन थाल्यो ? यस तर्फ वर्तमान नेतृत्व सजग हुनुपर्छ । यो आवाज किन बढ्दैछ ? भन्ने प्रश्न महत्वपूर्ण छ । गणतन्त्रले जनताको भलो गर्न सकेन ? यसको कार्यान्वयमा कहाँ कमजोरी भयो ? दलहरुले सामूहिक समिक्षा गर्नैपर्छ । अहिलेसम्ममा राजाको नाम निशाना विलाएर जानुपर्नेमा माग बढ्दै जानुले जोखिम छैन भन्न पनि सकिन्न । त्यसैले गणतन्त्र विरोधी गतिविधिलाई कमजोर बनाउन राज्य सत्ता जनताको जीवनसँग जोडिनुपर्छ । जनतालाई गणतन्त्र भनेको अनुभूति गराउनुपर्छ । देशको अस्तित्व संकटमा पर्योे भने जनता सडकमा निस्कन्छन् । यसैले देशलाई जोगान संघीय गणतन्त्रलाई महँगो होइन बलियो बनाएर जाऔं । विदेशी चलखेलको अखडा बन्न नदिऔं ।

प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]