जेष्ठ ५, २०८१ शनिबार

निराशाको परिणाम

सम्पादकीय

काठमाडौंमा दुर्गा प्रसाई र झापामा राप्रपाको प्रदर्शनले धेरैलाई अत्याएको छ । राजावादीहरुको मन फुरुङ्ग बनाएको छ । काठमाडौंमा दुर्गा प्रसाईले एक अभियान मार्फत वित्तिय संस्थाबाट पीडित नागरिकहरुलाई प्रदर्शनमा सहभागी गराए भने राप्रपाले झापाको कार्यक्रमलाई केन्द्रीय तहबाट तयारी गरेर सम्पन्न गर्यो । गणतन्त्र विरुद्ध गरिएका प्रदर्शन र झापाको शक्ति प्रदर्शनले राजनीतिक क्षेत्रमा सामान्य हलचल अवश्य ल्याएको छ । दलहरुमाथि यो भीडले संसय सिर्जना गरेको छ । हरेक दिन राजावादीहरुको सक्रियताले दलहरुलाई सचेत हुने अवसर पनि प्रदान गरेको छ । सच्चिनका लागि घच्घचाउने काम गरेको छ ।

शासन गर्ने कुनै राजाको स्थायित्व हुदैन । शासित हुनुपरे पछि त्यसको फेरि विरोध सुरु हुन्छ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापामा राप्रपाको सिङ्गो पार्टीले भव्य स्वागत गरेको छ । पार्टीको लामो तयारीका कारण उपस्थिति पनि भव्य नै रह्यो । बिर्तामोडको कार्यक्रममा राप्रपाले पनि आफ्नो शक्तिको जाँच गर्न सफल भएको छ । हुनतः एक जना वडाध्यक्षले गर्ने अनावरणमा पूर्व राजाकै सवारी गराउनु बाहिर देखिए जस्तो वा बुझिए जस्तो पक्कै छैन । ज्ञानेन्द्रलाई पनि मैदानमा आउन अवसरहरु चाहिएका छन् । र, राप्रपालाई पनि ज्ञानेन्द्र उतारेर शक्ति देखाउनुछ ।

गणतन्त्रको विरोधमा देखिएको भीड बढ्दै गइरहेको छ । त्यो भीडमा राजावादीहरु मात्र छैनन् । झापामा होस् वा अन्य कतै राप्रपाको समर्थक यो संख्यामा छैन । अहिले देखिएका भीडहरुमा निराश भएका नागरिकहरु छन् । कोहि व्यवस्थाबाट निराश छन् त कोहि नेतृत्वबाट निराश छन् । कोहि बैंक वित्तीय संस्थाबाट निराश छन्, कोहि व्यापार व्यवसायको क्षेत्रबाट निराश छन् । कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले सबैलाई निराश बनाएको छ । अहिलेको निराशा कुनै राजा रजौटाबाट समाधान हुदैन । यसका लागि वर्तमान नेतृत्व नै सुधार गर्नुपर्छ । जनताको सार्वभौम सत्तालाई बलियो बनाउदै जानुपर्छ । भीड देखेर आत्तिनुभन्दा आफ्नो ठाउँबाट गणतन्त्रलाई सुधार गर्दै जानुपर्छ ।

प्रकाशित मिति : मंसिर १०, २०८० आईतबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]