जेष्ठ ५, २०८१ शनिबार

सरकारको डरलाग्दो मौनता

सम्पादकीय

केहि समययता देशभर अराजक गतिविधिहरु बढिरहेको छ । आइतवर मात्रै ताप्लेजुङमा एमाले नेता योगेश भट्टराई सवार गाडिमा पहिचानवादीले ढुङ्गा प्रहार गरे । यस प्रकारका अराजकता देशभर बढिरहेको छ । लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका निर्वाह गर्ने व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड आफै प्रधानमन्त्री रहेको बेला देशव्यापी व्यवस्थामाथि प्रहार हुनु र सरकार आफु मौन हुनुले गम्भीर प्रश्न उठेको छ । कतै, यहि सरकार व्यवस्थामाथि असन्तुष्ट भएको त होइन, कि राजावादीसँग डराएको हो ? जनताले सरकारको जिम्मेवारपूर्वक भूमिका खोजेका छन् ।

राजतन्त्रको अन्त्य भएपछि नेपाली जनताले मुक्ति पाएका छन् । जनतामाथि हुने दर्दनाक शोषणको अन्त्य जनताबाटै भयो । जनताआफैले शासन सुरु गरेको यो व्यवस्थामा दलाली पुँजीपतिहरु फेरि तर्साउने प्रयासमा देखिएका छन् । राजतन्त्रको अवशेषहरु अहिले पनि जीवीत छन् । तर, त्यसको कुनै शक्ति छैन । शक्तिहीन राजावादीहरुले बेला बेला नागरिकमा त्रास छोड्ने प्रयास गर्दै आएका छन् । यो बेलाबखतको रमाइलो बाहेक केहि होइन । राजाको नाम भजाएर राजनीति गर्नेहरुका लागि ठुलो विषय भए पनि देशले कुनै राजा महाराजा चिन्नेवाला छैन ।

हजारौं जनातको बलिदानीबाट प्राप्त उपलब्धीमाथि खेलवाडको प्रयास भइरहेको छ । अहिले मुलुकमा एक प्रकारको निराशा छ । राजनीति नेतृत्वबाट जनताले अपेक्षा गरे अनुसारको काम नहुनु र कोभिडपछिको आर्थिक मन्दीले तहसनहस बनाउनुले निराशा बढाइरहेको छ । यसको मतलव, राजा आएर यसको समाधान गर्ने होइन । जनतामाथि शासन गर्ने राजाबाट समस्या समाधान हुने होइन, बढ्ने मात्र हो । जनतालाई नोकर बनाउने राजतन्त्रको परिकल्पना वास्तवमा कमजोरहरुले गर्ने हो । कमजोर भएर कसैको नोकर बन्ने होइन, आफै मालिक बन्ने प्रयास गर्नुपर्छ । प्रचण्ड सरकारले कानुनी राज्यको महसुस गराउन अराजकता विरुद्ध डण्डा चलाउनै पर्ने देखियो ।

प्रकाशित मिति : मंसिर ११, २०८० सोमबार  १० : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]