बैशाख २३, २०८१ आईतबार

आज झापा एफसी र स्पोर्टिङ इलाम भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज दुई नयाँ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ साढे ५ बजे हुनेछ ।
झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो । यी दुवै नेपाल सुपर लिगमा नयाँ टोली हुन् ।

इलामले उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्ससँग खेलेको थियो । पहिलो खेलमा उसले १–० ले पराजय बेहोर्नु परेको थियो । झापाको लागि भने यो पहिलो खेल हो ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौँ रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।

प्रकाशित मिति : मंसिर ११, २०८० सोमबार  १० : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]