बैशाख २३, २०८१ आईतबार

एनएसएलमा झापामाथि इलामको संघर्षपूर्ण जित

बिर्तामोड । झापालाई १–० ले पराजित गर्दै इलामले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हात पारेको छ । प्रतिस्पर्धात्मक खेलमा इलामका लागि विदेशी खेलाडी अमाथले ८७ औं मिनेटमा गोल गरे ।

त्यसअघि ८२ औं मिनेटमा इलामले पाएको पेनाल्टीमा अमाथ गोल गर्न चुकेका थिए । यो खेलसँगै दोस्रो संस्करणमा थपिएका तीनवटै नयाँ टोली पहिलो खेलमा पराजित भएका छन् ।

यसअघि पहिलो खेलमा इलाम काठमाडौं रेजर्ससँग पराजित भएको थियो । यस्तै अर्को नयाँ टोली वीरगंज युनाइटेड आफ्नो पहिलो धनगढी एफसीसँग पराजित भएको थियो । झापा पनि आफ्नो पहिलो खेलमा पराजित भयो ।

प्रकाशित मिति : मंसिर ११, २०८० सोमबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]