जेष्ठ २, २०८१ बुधबार

शिवसताक्षीको कृषि र पशु सेवा केन्द्र एउटै भवनमा

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कृषि शाखालाई विस्तार गरेको छ । कोरोना भाइरस सक्रमणको बेला कोभिड अस्पतालको रुपमा रहेको शिवसतक्षी ११ को साविकको झरना प्राविको भवनमा कृषि सेवा केन्द्र वितार गरेको हो ।
कृषकलाई सहजरुपमा पहुँच पु¥याउनका लागि सेवा केन्द्र विस्तार गरेको शिवसताक्षी नगरपालिकाका प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिए ।

त्यस्तै शिवसताक्षी नगरपालिका ११ दूधेमा रहेको पशु सेवा केन्द्र समेत सोही स्थानमा स्थान्तरण गरिएको छ । दूधेमा भाडाको घरमा सञ्चालन भइरहेको पशु सेवालाई नगरकै स्वामित्वमा रहेको भवनमा सारिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उक्त विद्यालय यस अघि नै मर्च भई सतासी प्राविमा गाभिएको थियो । विद्यालय भवन शिवसताक्षी नगरपालिकाले आफ्नो स्वामित्वमा ल्याई कोभिड अस्पतालको रुपमा प्रयोग गरेको र हाल कोभिडको संक्रमण समाप्त भए पस्चात भवनलाई सदुयोग गर्दै कृषि र पशु सेवा केन्द्रलाई एकै स्थानमा राखिएको अधिकृत राईले बताए ।

आजबाट नै उक्त भवनबाट पशु सेवाले काम सुरु गरेको छ । भने, कृषि सेवा केन्द्रले फार्निचरको व्यवस्थापन पछि छिटै नै सेवा दिने शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिकाका प्रशासकीय अधिकृत राई र प्रशासन प्रमुख डिल्ली नेपाल, कृषि शाखा प्रमुख रविन भट्टराई लगायतले उक्त सेवाकेन्द्र बोर्ड राखेर उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : मंसिर ११, २०८० सोमबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]