बैशाख २०, २०८१ बिहीबार

शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले ३२ औं लैङगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज औपचारिक उद्घाटन गरेको छ ।

शिवसताक्षी नगरपालिकाको नौमति बाजा सहितको र्याली झिलझिले बजारबाट सुरु गरेर दुधे बजार परिक्रममा गरी औपचारीक रुपमा उद्घाटन गरेको हो । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक विरुद्ध कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिदै आएको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख थोप्राले विभिन्न कारणबाट समाजमा भैइरहेको हिंसालाई निरुत्साहित गर्दै सभ्य समाज निर्माणका लागि लैगिंक हिंसा विरुद्धको अभियान सञ्चालन गरिएको बताए ।

लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । उनले भने, स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछन् र समाजबाट हिंसाहरु निरुत्साहित गर्दै लैजानु पर्दछ । आजको पीडिलाई लैगिंक हिंसाको बारेमा सचेत गराउनु नै पालिकाको प्रमुख दायित्वको रहेको नगरप्रमुख थोप्राको भनाई थियो ।

साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छवि ढकालले लैगिक हिंसा विरुद्धको अभियानको औचित्यमाथि प्रकाश पारेका थिए । उनले शारिरीक, मानसिक, सामाजिक सांस्कृतिक, यौनिक वा यौन हिंसालगायतका विषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रमको अध्यक्ष तथा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले लैंगिक हिंसामा महिलाहरु बढी चपेटामा परेको बताइन् । पछिल्लो समयमा पुरुषहरुमाथि पनि यस्ता हिंसाहरु भइरहेको यदाकदा सुनिन थालेको जानकारी दिइन् । समाजमा हुनै यस्ता हुनै पनि हिंसालाई हामी समाजकै बुद्धिजिवी, सामजिक अभियान्ता, जिम्मेवार निकायहरुले एक जुट भई यसका विरुद्ध काम गर्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रमा सहभागीहरुले लैंगिक हिंसा विरुद्धको अभियान आफ्नै घरबाट सुरु गर्ने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

लैंगिक हिंसा विरुद्ध प्लेकार्ड सहितको र्यालीमा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय र झिलझिले माविका तीन सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पाथिभरा नौमति बाजा समूह शिवसताक्षी ३ लाई सम्मान गरिएको शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ । १६ दिने अभियानका क्रममा शिवसताक्षी नगरपालिकाले नगरका सबै वडाहरुमा कार्यक्रम गरिने महिला तथा बालबालिका शाखाकी देविना पराजुलीले जानकारी दिइन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ, कार्यक्रम अधिकृत प्रकाश चौधिरी, वडा सदस्यहरु विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला वडा सदस्य गोमा रिजाल, सतासीधाम जेसीजका अध्यक्ष निर्मला प्रधान, श्री राष्ट्रिय रमणीय आदर्श माविका शिक्षक गोविन्द काफ्लेलगायतले शुभकामना मन्तव्य राखेका थिए । शिवसताक्षी नगरपालिका प्रशासन प्रमुख डिल्ली नेपालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख महेश लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]