जेष्ठ ४, २०८१ शुक्रबार

‘संकल्प यात्राले कोशी नामाकरणका विषयमा फैल्याएको भ्रम चिर्नेछ’

विराटनगर । प्रदेशको नाम कोशी राखिएपछि उत्पन्न विवादका विषयमा नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आम नागरिकलाई सु–सूचित गर्ने बताएको छ ।

प्रदेशको नामकरणमा भएको प्रक्रियाको बारेमा कतिपय नागरिकलाई थाहा नभएको भन्दै प्रक्रियाका बारेमा जनतालाई सम्पूर्ण जानकारी दिने एमाले कोशी प्रदेशको बसन्तपुरमा भएको बैठकले निर्णय गरेको छ ।
एमाले प्रदेश प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले भने, ‘जनता सामु भ्रम फैलाइएको छ नेकपा एमाले कोशी प्रदेश प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले भने जनतालाई छरेको भ्रम चिर्न पनि पुष्पलाल मध्यपहाडी लोक मार्ग लक्षित झुलालाघाट चिवाभञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्रा सफल हुने छ ।’

उनले कोशी नामका पक्षमा एमाले सहित कांग्रेस, माओवादी लगायतका दलहरूले समेत मतदान गरेको स्मरण गराए । उनले एमाले नेतृत्वको सरकारका पालामा सबै संवैधानिक प्रक्रिया पुरा गरेर ८६ जना प्रदेश सभा सदस्यहरूले कोशी नामको पक्षमा मतदान गरेका बताए ।

उनले भने, ‘अहिले नामकरणको विषयमा एमाले माथि प्रहार गर्ने काम भइरहेको छ । संकल्प यात्रामा जनतालाई सरल भाषामा बुझाइने छ । प्रदेश सभाले प्रक्रिया पु¥याएर नामकरण गरेको हो । काँग्रेस माओवादीका प्रदेश सभा सदस्यहरूले समेत कोशको पक्षमा मतदान गरेका छन् उनले भने अहिले एमाले लक्षित बन्द हडताल गरेर जनतामा भ्रम छर्न खोजिएको छ । संकल्प यात्राका क्रममा यो भ्रम पनि चिर्न जरुरी छ ।’

नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्रा कोशी प्रदेश सफल बनाउन एमाले कोशी प्रदेशको तेह्रथुमको बसन्तपुरमा शनिवार बसेको बैठकले सङ्कल्प यात्राका क्रममा बसन्तपुरमा हुने सभाका लागि उपाध्यक्ष टिकाराम चेम्जोङको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको छ ।

सङ्कल्प यात्रा अन्तरगत वसन्तपुरमा मङ्सिर २८ गते बृहत् जनसभा गर्ने एमालेको योजना छ । जनसभाका लागि व्यवस्थापन गर्ने मूल व्यवस्थापन समितिको सह संयोजकमा लक्ष्मण तिवारीलाई मनोनीत गरिएको छ । मूल व्यवस्थापन समितिमा संख्वासभा, धनकुटा र तेह्रथुमका एमालेका जिल्ला कमिटीका अध्यक्ष सहित पदाधिकारी, एमाले जिल्ला कमिटी सुनसरी र मोरङका अध्यक्ष, तेह्रथुम,धनकुटा र सङ्खुवासभाका प्रदेश कमिटी सदस्यहरू सदस्य रहने छन् ।

यस्तै संकल्प यात्राका लागि प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोंगको संयोजकत्वमा सचिवालय समेत बनाइएको छ । झुलाघाट–चिवाभञ्ज्यांग समृद्धिका लागि संकल्प यात्राका क्रममा बसन्तपुरमा हुने जनसभाका लागि एमाले कोशी प्रदेशले विभिन्न उप समिति समेत निर्माण गरिएको छ । बैठकले मोहन कुमार डाँगीको संयोजकत्वमा आर्थिक उप समिति गठन गरेको छ । आर्थिक उप समितिमा इन्द्रमणी पराजुली, वीरेन्द्र केसी, वीर बहादुर लिम्बु र कमल केसी रहेका छन् ।

यसैगरी बाबुराम थापाको संयोजकत्वमा स्वयम सेवक उप समिति गठन गरिएको छ । समितिमा बलदिप राई, साबित्रा राई, विपिन तामाङ सदस्य रहेका छन् । यस्तै शिव ढुङ्गानाको संयोजकत्वमा स्वास्थ्य उप समिति समेत गठन गरिएको तिवारीले बताए ।

प्रकाशित मिति : मंसिर १७, २०८० आईतबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]