जेष्ठ ४, २०८१ शुक्रबार

एमालेको संकल्प यात्रा कर्णाली प्रवेश, १० बजे ओलीले सम्बोधन गर्ने

दैलेख–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने आमसभाको लागि दैलेखको राकम कर्णाली ध्वजापतकाले रंगिएको छ ।

एमाले केन्द्रीय कमिटीले यही मंसिर १४ गते बैतडीको झलाघाटदेखि सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को चौथो दिन अभियान कर्णाली प्रवेश गर्ने द्वारका रूपमा रहेको राकम कर्णालीमा हुने कार्यक्रमको अवसरमा एमालेले राकमलाई रंग्याएको हो ।

‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ का शिलसिलामा पार्टीका अध्यक्ष ओलीसहित सिङ्गो हेडक्वाटर आउने भएपछि एमाले कर्णालीका नेता कार्यकर्ताहरुले निर्माण गरेका स्वागतद्धार, तोरण र झण्डाले राकम कर्णाली रंगिएको हो ।

‘सुदूरपश्चिम प्रदेशको अछामसँग जोडिएको राकम कर्णाली अरु समयभन्दा निकै फरक देखिने दैलेखको राकम कर्णाली यो पटक तारा झण्डा, ब्यानर र स्वागत द्वारले रङ्गीएको छ’, आठविस नगरपालिका–५ दैलेखका पदम माझीले भन्नुभयो, ‘कार्यक्रम हुने प्रचार भएदेखि व्यापारिक रूपमा समेत सामान्य राकममा चहलपहल ह्वात्तै बढेको छ ।’

राकममा भएका कुनैपनि होटेल खाली नभएको बताउँदै माझीले एमालेको अभियानले कार्यकर्ता मात्रै होइन मन्द भएको मध्यपहाडको अर्थतन्त्र समेत केही रूपमा चलायमान भएको छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले संवोधन गर्ने कार्यक्रममा सहभागी हुन कर्णालीको कालिकोट, दैलेख जुम्ला, सुर्खेत र सुदूरपश्चिमको अछाम, बाजुराका जनताको समेत उपस्थिति हुने एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाहले जानकारी दिनुभयो ।

आज बिहान १० बजे हुने कार्यक्रममा देउडा खेल, हुड्के नाच र विभिन्न सांस्कृतिक झाँकीहरुको प्रस्तुति राखिएको छ । आमसभाको तयारीका लागि एमाले सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज यामलाल कँडेल, प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह, पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु राकम कर्णालीमा केन्द्रित भएका छन् ।

बैतडी जिल्लाको झलाघाटबाट सुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ मा सहभागी हुनुभएका एमाले अध्यक्ष ओली नेतृत्वको केन्द्रीय टोली अछामको सदरमुकाम मंगलसेन पुगेको छ । बिहान मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न बस्तीहरूमा गरिने स्वागत ग्रहण र भेटघाट गर्दै टोली १० बजे कर्णालीको राकम पुग्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंसिर १७, २०८० आईतबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]