मंसिर २३, २०८१ आईतबार

फिदिममा किरात गोल्डकप सुरु

पाँचथर । नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा किरात गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मन्त्री शमसेर राईले गर्नुभयो । फिदिम बजारमा रहेको फिदिम माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदानमा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका छवटा, काठमाडौँको एक र भारतको एक फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्लब, मितेरी फुटबल क्लब तेह्रथुम, डिएफसी मोरङ, रेडहर्स फुटबल क्लब इलाम, बिर्तामोड युनाइटेड क्लब झापा, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, हिमालयन शेर्पा क्लब काठमाडौँ र भारतको दार्जिलिङस्थित युनाइटेड फुटबल क्लब सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु चार लाख चार हजार चार सय ४४ सहित ट्रफी र मेडल तथा उपविजेताले रु दुई लाख दुई हजार दुई सय २२ प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार र मेडल तथा प्रतियोगिताका विधागतरूपमा उत्कृष्ट खेलाडीले पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिनुभयो ।

आज भएको खेलमा आयोजक पाँचथर फुटबल क्लब विजयी भएको छ । मितेरी फुटबल क्लब तेह्रथुमलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

प्रकाशित मिति : मंसिर १७, २०८० आईतबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]