बैशाख २०, २०८१ बिहीबार

बिर्तामोडमा वीरता रिडर्स

बिर्तामोड । साहित्य र अध्ययनप्रति रुची राख्नेहरुको एक भेलाले वीरता रिडर्स नामक संस्था स्थापना गरेको छ । पठन संस्कृतिको विकास र लेखन क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले गठन गरिएको समितिको संयोजकमा लेखक तीर्थ सिग्देल रहेका छन् ।

बिर्तामोडमा सोमबार अध्ययनमा रुची राख्नेहरुको सो भेलाले वीरता रिडर्सको सहसंयोजकमा केशव मैनालीलाई चयन गरेको छ । जसका सदस्यहरुमा टिएन (दिपक) वाग्ले, राधिका विष्ट, एकराज प्रधान, दिपेन लिम्बू, सकुन्तला बेघा, तिलक गजमेर, विवेक योङहाङ, सुरज बम्जन, राज कनत्रमणि र तीर्थराज नेपाल रहेका छन् ।

यो संस्थाले लेखन तथा साहित्य क्षेत्रको विकासका लागि विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रकाशन गृहसँग सहकार्य, लेखकहरुसँग सम्वाद, साहित्यिक उत्सव लगायतका गतिविधि गर्ने उद्देश्य रहेको बताइएको छ । प्रकाशन गृह तथा लेखकहरुसँगको सम्वाद तथा अन्तरक्रिया मार्फत् समीक्षा तथा प्रचारप्रसारको कार्य समेत गर्ने जनाइएको छ ।

प्रकाशित मिति : मंसिर १८, २०८० सोमबार  ६ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]