जेष्ठ ५, २०८१ शनिबार

मदिरा व्यापारलाई व्यवस्थित गरियोस्

सम्पादकीय
मद्यपान तथा धुम्रपान दुवै स्वास्थ्यका लागि हानिकारक छ । तर, दुवैलाई विक्रीका लागि राज्यले अनुमति प्रदान गरेको छ । विक्री वितरणका लागि राज्यले निश्चित नीति तय गरेको छ । कानुनको अधिनमा रहेर व्यापार गर्न पाइनेछ भने त्यस वापत राज्यलाई कर बुझाउनुपर्छ । खासगरी मदिरा व्यापार अस्तव्यस्त छ । जहाँसुकै मदिरा व्यापार भइरहेको छ । किरानादेखि खाजा पसलसम्म मदिरा विक्री वितरण भइरहेको छ । मदिरा व्यापारका लागि छुट्टै इजाजत लिनुपर्छ । तर, इजाजत विनै मदिरा व्यापार गर्नेको संख्या ठुलो छ ।

मदिराले कयौं परिवारको घरवार विगारेको छ । सयौं मान्छेहरु मदिराकै कारण ज्यान गुमाइरहेका छन् । दुर्घटनाको मुख्य कारण नै मदिरा सेवन बनेको छ । मदिरा व्यापारमा लापरबाही गरेकै कारण स्वास्थ्यमा ठुलो जोखिम परेको छ । मदिराका कारण २ सय भन्दा धेरै रोग लाग्ने अध्ययनबाट खुलेको छ । घर व्यवहार विग्रिएका छन् । श्रीमान–श्रीमति र छोराछोरीमा सम्बन्धहरु विग्रिएका छन् । मदिराकै कारण राम्रो काम भएको आजसम्म कुनै एउटा समाचार सार्वजनिक भएको पाइदैन । मदिराका कारण सबै गलत काम भएको मात्र सुनिन्छ ।

हरेक ठाउँमा मदिराको व्यवस्थित व्यापार छैन । त्यसलाई व्यवस्थापन गर्न जरुरी छ । एकाविहानै मदिरा बेच्नेहरुले केहि पैसा कमाउलान् । तर, विहानै खाने मान्छेको स्वास्थ्यप्रति कुनै व्यापारीलाई मतलव छैन । मदिराका कारण ठुला दुर्घटना भएका छन् । बिर्तामोडमा ६० प्रतिशत कानुन विपरित व्यापार भइरहेको एक अध्ययनले देखाएको छ । किरानादेखि सामान्य खाजा पसलमा इजाजत विना मदिराको व्यापार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । सडकमा वेवारिसे जीवन बाँचिरहेको मान्छेहरुलाई सहजै मदिरा दिनेहरुले समाजलाई विगार्न भूमिका निर्वाह गरिरहेका छन् । बालबालिकालाई मदिरा दिनेहरु अपराध गरिरहेका छन् । यसैले इजाजत विना मदिरा व्यापार गर्नेहरुलाई कानुनी दायरामा ल्याउनैपर्छ । मदिराका कारण उत्पन्न विकृति रोक्न सरोकारवालाको ध्यानाकर्षण हुन आवश्यक छ ।

प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]