जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडमा एनआईएमबी बैंकका कर्मचारीमाथि दुर्व्यवहार, संग्रौला पक्राउ

झापा । झापाको बिर्तामोडस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) का सहायक मेनेजर दिनेश पनेरुलाई एक समूहले दुव्र्यवहार गरेको आरोप छ । पनेरुलाई दुर्गा प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले दुव्र्यवहार गरेका हुन् ।

ऋणको विषयमा छलफल गर्न भन्दै सङ्ग्रौला सहितको समूहले पनेरुलाई घरबाट चिया पसलमा जबरजस्ती लगेका थिए । त्यहाँबाट दुर्गा प्रसाईंको बीएण्डसी अस्पतालमा लैजान खोज्दा पनेरुले अस्वीकार गरेपछि दुव्र्यवहार गरेको आरोप छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा दुवै पक्षबिच छलफल भइरहेको डिएसपी सुरज कार्कीले जानकारी दिए । प्रहरीले प्रसाईका समर्थक देवी संग्रौलालाई दुव्र्यवहार संलग्न भएको आरोमा पक्राउ गरिसेकको छ भने उनको रिहाईका लागि समर्थकहरुले प्रदर्शनको तयारी थालेका छन् ।

प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार  २ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]