जेष्ठ ५, २०८१ शनिबार

बैंक वित्तीय संस्थाबाटै सास्ती नहोस्

सम्पादकीय
झापामा दुई दिनअघि एक जना युवा व्यवसायीले आत्मदाह गर्ने भन्दै सामाजिक सञ्जालमा एउटा पत्र सार्वजनिक गरिदिए । उनको पत्र एकैछिनमा भाइरल बन्यो । बैंत तथा वित्तीय संस्था विरुद्ध ठुलो जनमत रहेको बेला यस प्रकारको पत्रले भाउ पायो । झापा मेचीनगरका एक युवाले स्वीकृत भएको ऋण नपाएको भन्दै बैंक विरुद्ध आक्रोशयुक्त पत्र सार्वजनिक मात्रै गरेनन्, उनीहरुको एउटा समूहले बैंकका कर्मचारीलाई दुव्र्यवहार गरेको आरोप नै लाग्यो । बैंक कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा दुर्गा प्रसाईको एक जना समर्थकलाई केहिबेर प्रहरीले नियन्त्रणमै लिएको थियो ।

बैंक वित्तीय संस्थाहरु पनि नीति नियम अनुसार सञ्चालन भएका हुन्छन् । बचत देखि ऋण सबै कुरामा बैंकको आफ्नै नीति नियम र मापदण्ड पक्कै हुन्छ । बैंकले सोही नीति बमोजिम काम गर्ने हो । तर, स्वीकृत भइसकेको ऋण उपलब्ध नगराउनु भनेको दुख दिनु नै हो । ऋण उपलब्ध हुन्छ भन्ने आशामै काम थालिएको हुन्छ । तर, आशालाई बैंक वित्तीय संस्थाले निराशामा बदल्ने काम गर्नु गलत छ । बैंकहरु भनेको आम नागरिकको जीवनलाई माथि उठाउन सहयोग गर्ने निकाय हो । बैंक वित्तीय संस्थाहरुले नागरिकहरुलाई कुनै पनि तरिकाबाट सास्ती दिन मिल्दैन ।

बिर्तामोडको घटना एउटा प्रतिनिधिमुलक मात्रै हो । पछिल्लो समय बैंक वित्तीय संस्थाविरुद्ध अनेकौ गतिविधिहरु भइरहेका छन् । नागरिकलाई विभिन्न बहानामा बैंक वित्तीय संस्थाले सास्ती दिनु र वित्तीय संस्था विरुद्ध आन्दोलन हुनु दुवै बेठिक छन् । सबैले जिम्मेवार पूर्वक काम गर्न जरुरी छ । बिर्तामोडका केहि सहकारीहरुले बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् । किनभने, बचतकर्ताको बचत कर्जाको रुपमा लगानी भएको छ । कर्जा लिनले रकम फिर्ता नगर्दा बचतकर्ताहरु अन्यायमा परेका छन् । यसैले बैंक वित्तीय संस्था विरुद्ध हुने सबै खाले गतिविधिले आम नागरिक नै मर्कामा पर्ने हो । यो सच्याउनुपर्छ र वित्तीय संस्थाहरुले पनि नागरिकको आर्थिक जीवनमा समस्या ल्याउने काम गर्न हुदैन ।

प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]