बैशाख २२, २०८१ शनिबार

इन्डियन आइडलमा उदाएकी मेनुकालाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गायिका मेनुका पौडेलको गायन यात्राको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत पूर्वराष्ट्रपति भण्डारीले जन्मजात दृष्टिविहीन रहनुभएकी मेनुका पौडेलको सङ्गीतप्रतिको लगाव र कठिन सङ्घर्षको प्रशंसा गर्नुभएको छ ।

म कलाकार मेनुका पौडेलको इण्डियन आइडलसहित उहाँको समग्र गायन यात्राको सफलताको लागि हार्दिक शुभकामना दिन चाहन्छु ,उहाँले भन्नुभएको छ ।

मेनुकाको लगाव र सङ्घर्षले नेपाली किशोर–किशोरी एवं युवा युवतीलाई आफ्नो रुचिको क्षेत्रमा गम्भीरतापूर्वक लाग्न प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।

‘जन्मजात दृष्टिविहीन रहनुभएकी मेनुका पौडेलको सङ्गीतप्रतिको यो लगाव, यसका लागि उहाँले गर्नुभएको कठीन संघर्ष र उहाँले हासिल गर्नुभएको यो सफलताले नेपाली किशोर–किशोरी एवं युवा युवतीलाई आफ्नो रूचिको क्षेत्रमा गम्भिरतापूर्वक लागि पर्न प्रेरणा प्रदान गर्नेछ’,उहाँले लेख्नुभएको छ ।

भारतीय टेलिभिजन गायन प्रतियोगिता–इन्डियन आइडल, सिजन १४ को प्रतिस्पर्धीको रूपमा झापा हल्दिबारीकी गायिका मेनुका पौडेलले आफ्नो उत्कृष्ट गायनकलाको माध्यमबाट सबैको मन जित्न सफल हुनुभएको छ ।

मेनुकाको गायकीबाट प्रतियोगिताका मूल्याङ्कनकर्ता लगायत अतिथिका रूपमा आउने भारतीय सङ्गीत एवं चलचित्र क्षेत्रका ठुला ठुला हस्तीहरूसमेत मन्त्रमुग्ध हुने गरेका छन् ।

प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]