राष्ट्रिय युवा संघ झापाको इञ्चार्जमा आङदेम्वे
झापा । राष्ट्रिय युवा संघ नेपालले झापाको जिल्ला इञ्चार्जमा खगेन्द्रराज आङदेम्वेलाई जिम्मेवारी तोकेको छ । विशेष सर्कुलर गर्दै युवा संघले सबै प्रदेशमा प्रदेश इन्चार्ज, सहइन्चार्ज, जिल्ला इञ्चार्ज र विभागको जिम्मेवारी तोकेको हो ।
त्यसमा झापाबाट आङदेम्वेले इञ्चार्जको जिम्मेवारी पाएका छन् भने स्थायी कमिटी सदस्यहरुमा सागर पोर्तेल, रोजिना पाण्डे,निशा लिम्बु, मिलन कट्टेललाई जिम्मेवारी प्रदान गरिएको छ । पोर्तेललाई वन तथा वातावरण विभाग प्रमुख, कट्टेललाई श्रम तथा रोजगार विभाग प्रमुख, पाण्डेलाई संगठन विभाग सचिव र जेनिस नेम्वाङलाई श्रम तथा रोजगार विभागको सचिवको जिम्मेवारी प्रदान गरिएको महासचिव सुमन पुरीले जानकारी दिए ।
राष्ट्रिय युवा संघले सात प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशका लागि इन्चार्ज र सह इन्चार्ज तोकेको छ । १११ सदस्यीय स्थायी कमिटी समेत तयार गरेको छ । जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिइएको छ ।
आगामी पौष २१ गते देखी लगातार सात प्रदेश सात शनिवार सात सभा आयोजना गर्ने समेत जनाइएको छ । त्यसका लागि सात कमान्डर समेत तोकिएको छ । पौष २१ गते धनगढीबाट सुरु हुने अभियान माघ ६ गते झापामा टुङ्गाउने राष्ट्रिय युवाका केन्द्रीय सचिव पर्वतराज भण्डारीले जानकारी दिए ।